क्रिकेट संघ द्वारा बर्दिया क्रिकेट एकेडेमीलाई सामाग्री हस्तान्तरण
शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित

बर्दिया, पुस २३ (फरकसमाचार)

जिल्ला क्रिकेट संघ बर्दियाले बर्दिया क्रिकेट एकेडेमीलाई बिहीबार क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । क्रिकेट सामाग्री पाएपछि एकेडेमीका खेलाडी खुसी भएका थिए । जिल्लामा बर्दिया क्रिकेट एकेडेमीले जुन किसिमले क्रिकेट बिकासका लागी योगदान गरेको छ त्यसलाई मध्यनजर गर्दै एकेडेमीलाई सामान बितरण गरिएको जिल्ला क्रिक्रेट संघ बर्दियाका अध्यक्ष बिनयराज भण्डारीले बताए ।

जिल्लामा खेलाडी उत्पादनको लागी जुन किसिमले काम गरिराखेको छ, अव आउदो दिनमा बर्दिया क्रिक्रेट एकेडेमीले अझ राम्रो संख्यात्मक र गुणात्मक रुपमा काम गर्ने उनले बिश्वास व्यक्त गरे । एकेडेमीले जिल्लाबाट राम्रो खेलाडीहरु उत्पादन गरोस भन्ने उदेश्यले जिल्ला क्रिक्रेट संघको तर्फबाट २ वटा किट, एउटा ब्याट र नेट प्रदान गरिएको छ ।

अब छिट्टै नै बर्दियामा एउटा महिला क्रिक्रेट टिम आउने र आगामी प्रतियोगितामा बर्दियाले पनि महिला क्रिक्रेट टिम पाउने बिश्वस्त रहेको जिल्ला क्रिक्रेट संघका अध्यक्ष भण्डारीले बताए ।

जिल्ला क्रिक्रेट संघलाई धन्यबाद दिदै अब आउने दिनमा क्रिक्रेटका खेलाडी उत्पादनमा हौसला मिलेको बर्दिया क्रिक्रेट एकेडेमीका संचालक सिद्धार्थ श्रेष्ठले बताए । बर्दिया टिमलाई सक्दो बलियो बनाउने उदेश्य रहेको उनले बताए । अहिले आफ्नो टिममा १५ जना खेलाडी रहेको सुनाए । आफ्नो टिममा बलर राम्रो राम्रो रहेको उनको भनाई छ ।

६ बर्ष देखि आफुले क्रिक्रेट खेलिरहेको र पहिला जहा पायो त्यही खेलिन्थ्यो भने अहिले क्रिक्रेट खेल्न राम्रो फरम्याट पाएको बर्दिया क्रिक्रेट एकेडेमीका खेलाडी अर्पण पौडेलले बताए ।

बर्दिया क्रिक्रेट एकेडेमीमा आएको अहिले तिन चार महिना भयको सोनु खानले बताएका छन् । पहिला लोकल टुर्नामेन्टहरुमा खेलीने गरिन्थ्यो भने अहिले बर्दिया एकेडिमीमा आएदेखि आफ्नो खेल पनि सुधारीएको र ठुलो ठुलो खेलमा सहभागी हुन पाएकोमा खुसि ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय