लिग फुटबल प्रतियोगिताको फाईनल खेलमा जनजागृति युवा क्लव बिजयी
मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित

बर्दिया, पुस २७ (फरकसमाचार)

जिल्ला लिग फुटबल प्रतियोगिताको फाईनल खेलमा जनजागृति युवा क्लव मधुबन बिजयी भएको छ । सेमिफाइनल खेलबाट फाइनल खेलमा प्रवेश भएका जनजागृति युवा क्लव मधुवन र मैनाबहुरिया युवा क्लव बढैयाताल बिच सोमबार फाईनल खेल भएको हो । फाईनल खेलमा दुवै टिमले एक एक गोल बराबर भएर खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टीमा जनजागृति युवा क्लव मधुबले ४ गोल ग¥र्यो भने मैनाबहुरिया युवा क्लव बढैयातालले १ गोल ग¥र्यो यसरी जनजागृति युवा क्लव मधुबन ३ गोलको अन्तरले फाईनल खेलमा बिजयी भएको छ ।

आइतबार भएको सेमिफाइन खेलमा मैनाबहुरीया युवा क्लव र जय दुर्गा भवानी युवा क्लव बिच भएको थियो भने दास्रो खेल मयुर युवा क्लव बढैयाताल र जनजागृति युवा क्लव मधुवन बिच भएको थियो । मैनाबहुरीयले जय दुर्गा भवानी युवा क्लवलाई र जनजागृतिले मयुर युवा क्लवलाई पराजित गर्दै फाईनल खेलमा प्रवेश भएको थियो । बिजयी भएको जनजागृति युवा क्लवलाई रु ५५ हजार, मैनाबहुरीय क्लवलाई रु ३० हजार नगद शिल्ड र प्रमाणपत्र पुरस्कार दिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता पुस १० गते देखि सुरु भई पुस २६ गते सकिएको छ । जिल्ला फुटबल संघमा आबद्ध जिल्लाका १२ वटा क्लबले यस प्रतियोगितामा सहभागिता जनाएका थिए ।

बढैयाताल गाउँपालिका–८ स्थित मयुर बस्ती युवा क्लवको खेल मैदानमा खेल भएको थियो । खेलको समापन कार्यक्रममा फुटबल लिगका कार्यक्रम संयोजक तथा बढैयाताल गाउँपालिका– ८ वडा अध्यक्ष राम बहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको हो । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने, मधुबन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्री लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय