घरधनीलाई बाँधेर हतियारधारी समुहले ग¥र्यो डकैती
शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित

बर्दिया, पुस ३०(फरकसमाचार)

बढैयाताल गाउँपालिका–८ शितलाबजार स्थित सुनचाँदी व्यवसायीको घरमा बुधबार राती डकैती भएको छ । प्रशुराम सार्कीको घरमा डकैती भएको हो । आठ दश जनाको हतियारधारी अज्ञात समुहले घरमा रहेका सबै सदस्यहरुलाई बाँधी नियन्त्रणमा लिई डकैती गरेको छ । पछाडि घरसंगै रहेको किम्मुको रुखमा चढि घरको ढोका फोडी घरमा रहेको नगदसहित सुनचाँदी डकैती गरेर लगेको पिडित प्रशुरामको बताए ।

बुधबार राती १ बजे घरमा पसेको हतियारधारी समुह घरमा २ बजेर ३० मिनेटसम्म यातना दिएको उनले सुनाए । ‘हामी आफ्नो कोठामा सुकेका थियौं’ प्रशुरामले भने,‘एक्कासी ढोका खोली हतियारधारी समुह हाम्रो कोठामा प्रवेश ग¥र्यो ।

चारै जनालाई एउटा कोठामा बन्द ग¥र्यो । हातको ईसारा गर्थे बोल्नु पा¥र्यो भने बिस्तारै नेपाल र हिन्दी बोल्दै यातना दिएको पिडितले सुनाए । हामी सबैलाई नियन्त्रणमा लिई घरमा भएको सुनचाँदीसहित नगद लगेको उनीहरुको भनाई छ ।

डकैतीको बारेमा विस्तृत जानकारी लिन बिहीबार दिउँसो फरकसमाचारको टिम पुग्दा पिडित प्रशुराम भावुक हुँदै घरमा रहेको सुनचाँदीसहित नगद लगेको सुनाए । ५० हजार नगद, १ तोलाको रानी हार (मंगलसुत्र), आधा तोलाको तिलरी श्रीमतिले लगाएको रिङ र बुहारीले लगाएको गहना लुटेर लगेको प्रशुरामले जानकारी दिए । यसरी हतियारधारी समुहले खुलेआम डकैती गरेपछि स्थानीयमा त्रास छाएको छ । स्थानीयले असुरक्षित महसुस गरिरहेका छन् । डकैती गर्ने समुह अजै अज्ञात रहेको छ । डकैती गर्ने समुहलाई पक्राउ गर्न प्रहरी परिचालन भईसकेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय