माघ ४, बाँकेको कोहलप" />
अवैध लागु औषधसहित ४ जना पक्राउ
मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित

फरक समाचार , बाँके , माघ ४, बाँकेको कोहलपुरमा प्रहरीले लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ बस्ने बिरेन्द्र थारुको घरबाट ५ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित ४ जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका–३ बस्ने ६४ वर्षीय रामचरण थारु, २५ वर्षीय सुरज थारु, २७ वर्षीय ध्रुव कुमार थारु र ३६ वर्षीय सुन्दर राम थारु रहेका छन् ।

बिरेन्द्र थारुको घरमा लागूऔषध ब्राउनसुगरको कारोबार  भएको सूचनाको आधार प्रहरीले खानतलासी गर्ने ४ जना यूवालाई पक्राउ गरेको जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर