जिल्ला क्रिकेट संघमा पुनःअध्यक्षमा भण्डारी
बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित

बर्दिया, माघ ६(फरकसमाचार)

जिल्ला क्रिकेट संघमा पुनः विनयराज भण्डारी सर्वसहमत चयन भएका छन् । बुधबार पाचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा भण्डारीलाई चयन भएका छन् । भण्डारीसहित संघमा १३ जनाको नयाँ कार्य समिती चयन भएको हो ।

उपाध्यक्षमा सुभाष तिमिल्सिना, सचिबमा संजिब सोमै, कोषाध्यक्षमा डेभिड थापा, सदस्यहरुमा युवराज श्रेष्ठ, कृष्ण प्रसाद बस्याल (राकेस), दुर्गा आचार्य, बिसाल श्रेष्ठ, सिद्धार्थ श्रेष्ठ, प्रेम गिरी, सोभित ध्वज चंद, पर्वत बर्खेल, सन्तोष शर्मा गरि १३ सदस्यको कार्य समिति चयन भएको छ । नवनिर्वाचित कार्य समितिले जिल्लामा क्रिकेट खेलाडीहरुको हकहितमा काम गर्ने विश्वास दिलाएको छ । भण्डारीको नेतृत्वमा क्रिकेट संघले विगतमा राम्रै काम गरेको क्रिकेट खेल प्रेमीको भनाई छ ।

बर्दिया जिल्ला जुनसुकै खेलकुदको उर्वराभुमि रहेको क्षेत्रिय खेलकुद विकास समिति बाँकेका प्रमुख महेश चन्दले बताए । भर्खरै सकिएको पिएम कपमा बिना खेलमैदान बिना कोच प्रदेशसका सबै जिल्लालाई पराजित गरेर बर्दियाले पहिलो स्थान प्राप्त गरेको सुनाए । बाँके र

दाङलगायत अन्य जिल्लामा खेलमैदान, कोच हुदाहुदै बर्दिया पहिलो बन्यो । खेलकुदको क्षेत्रमा बर्दियालाई दैव्य र उर्वराशक्ति भुमि भएको औल्याउदै बर्दियाको खेलकुदको विकासको आफ्नो स्थानबाट सधैं सहयोग गर्ने प्रमुख चन्दले धारण व्यक्त गरे ।

बर्दियामा खेल मैदान र खेल सामग्री अभावका बिच बर्दियाले क्रिकेट खेलाडी उत्पादन गरिरहेको लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापाले बताए । यस ठाउँबाट क्षेत्रिय तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन भएका छन् । त्यसको श्रेय जिल्ला क्रिकेट संघको नेतृत्वलाई जान्छ । यस जिल्लामा खेलकुदको विकास भईरहेको उनले औल्याए ।

यस जिल्लामा खेलमैदानको अभाव छ त्यसको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अध्यक्ष थापाले आग्रह गरे । नवनिर्वाचित कार्यसमितिले खेल मैदानको लागि पहल गर्ने विश्वास व्यक्त गर्दै थापाले नवनिर्वाचित कार्यसमितिलाई कार्यकालको शुभकामना समेत दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर