राजाको सन्देश र हाम्रो कर्तव्य
शुक्रबार, माघ ०७, २०७८ मा प्रकाशित

मणि शर्मा

राज्यको उपेक्षा बीच तीन सयौं पृथ्वी जयज्ती नागरिक स्तरवाट बडो धुमधामका साथ सम्पन्न भयो । बर्दियाको सदर मुकाममा नागरिक स्तरवाट पृथ्वीनारायण शाहको शालिक स्थापना गरी २ नं . प्रदेशका तत्कालीन प्रदेश प्रमुख , पृथ्वी विचारका संवाहक तथा प्रखर बुद्धिजिवी डा. राजेश झा अहिराजवाट अनावरण भयो तथा नेपाली सेनाले मौसुफ प्रति सलामी गारद अर्पण गर्दै वृक्षारोपण समेत गर्याे । साथै पृथ्वीनारायण शाहको शालिक रहेको पृथ्वी पार्कको साँचो नेपाली सेनालाई बुझायोैं । प्रमुख राजनीतिक दलहरुका आधिकारिक नेताहरु नआए तापनि कार्यकर्ताहरुवाट प्रतिनिधित्व भयो तर माओवादी , एकीकृत समजवादी र जसपाले वहिष्कार गर्यो । पृथ्वीनारायण शाह नभई दिएको आज उनीहरु सत्तामा जुका टाँस्सिए झैं टाँस्सिन पाउने थिएनन् यो कुरा तिनीहरुले बिर्र्र्से । पृथ्वीनारायण शाहलाई राष्ट्र्पिताको दर्जा दिनु पर्ने हो तर एकछत्र राजाको प्रत्यक्ष शासन व्यवस्था हुँदा समेत उनलाई राष्ट्र्पिताको दर्जा नदिई राजा त्रिभुवनलाई दिइयो , जबकि राष्ट्र् एकीकरणमा उनको कुनै भूमिका थिइन । यस्तो षडयंत्र कोवाट भएको हो यो खोजको विषय हो । योगी नरहरिनाथले पृथ्वी जयन्ती तथा राष्ट्र्यि एकता दिवस मनाउने पहल नगरेको भए शायद आज हामीले यो महान दिवसलाई बिर्सी सकेका हुने थियौं ।
बरु यो दिन गणतंत्र आए पछि केही कृतघ्न व्यक्तिहरुले महानायकको तस्वीरमा थुक्ने , उनी काल्पनिक पात्र हो भन्ने , उनले राष्ट्र् एकीकरण नगरेर गोर्खा राज्यको विस्तार गरेको भन्ने आदि काम कार्यवाहीवाट उनको अपमान गर्दै आई रहेकाछन् । पृथ्वीनारायण शाह नभएको भए के उनीहरु नेपाली हुन पाउँथे , के उनीहरु यहाँका शासक बन्न पाउँथे ? कि उनले एकीकरण नगरी दिएको भए नेपाल आज इण्डियाको एउटा प्रान्त हुन नपाएकोमा उनीहरुलाई ग्लानि भई रहेको छ ?
खण्ड विखण्ड भएको नेपालको पहिलो पटक एकीकरण गर्ने शिवको औतारको रुपमा मानिने किँरात राजा यलम्बर थिए । उनको पालामा नेपालको सीमा कांगडा देखि बर्मासंग पुगेको तथ्य अब नौलो छैन । त्यसैले होला अस्ति भर्खर सिक्किममा राईहरुले साकेला पर्व मनाउँदा राजा यलम्बरको तस्वीर राखेर मनाएका थिए । यहाँका ख्रिष्टानहरु हिन्दुूको चाडपर्व देखि सय कोष टाढा छन् । तर सिक्किमामा किँरात मात्र होईन ख्रिष्टानहरुले सम्म एउटै ठाउँमा अलग अलग रहेर आफ्नै संस्कृति अनुसार साकेला पर्व धुमधामका साथ मनाए । नेपालमा ठीक यसको उल्टो छ । भनिन्छ , नयाँ मुसलमानले दिनमा नौ चोटि नमाज पढ्छन् । नेपालमा २००८ सालमा गृहमंत्री हुँदा र २०६५ सालमा बाबुराम भट्टरार्ए अर्थमंत्री हुँदा यहाँ इनद्रजात्रा रोक्ने प्रयत्न गरेका थिए । तर आफ्नो संस्कृति प्रतिके मोहका कारण जनताले उनीहरुको आदेशको पालना नगर्दै मनाए पछि यसले निरन्तरता र्पायो ।
योगी नरहरिनाथको प्रयासस्वरुप परामर्श दात्रीको सरकार हुँदा सोको बैठकमा परराष्ट्र् , राजस्व र वनको परामर्शदाता श्री खड्गमान सिंहको पृथ्वी जयन्ती मनाउने प्रस्ताव पारित भए पछि यसले निरन्तरता पायो तर गणतंत्र आए पछि फेरि यसमा रोक लगाइयो । गत वर्ष पनि उक्र दिन सार्वजनिक विदा नदिए पनि पृथ्वीनारायण शाहको शालिकमा प्रधानमंत्री ओलीले माल्यार्पण गरेका थिए तर यस पालि देउवाले त्यति हिम्मत पनि गर्न सकेनन् । शायद यो व्यवस्थाको पर्दा पछाडिका मुख्य सञ्चालकहरुको डरले होला । र्पृथ्वी जयन्तीको एकदिन अगाडि सम्म उनी प्रति नकरात्मक धारणा व्यक्त गर्ने गगन थापा , कमल थापाहरु अचानक उक्त दिन आफ्नो भनाईलाई केही सच्चाउन वाध्य भए । व्यापकरुपमा जनताको राष्ट्र् एकीकरणकर्ता प्रतिको अगाध सम्मान देखेर उनीहरुलाई त्यो वाध्यता आई परेको हो । गणतंत्र आए पछि इतिहासमा पहिलो पटक राष्ट्र्पति विद्या देवी भण्डारी र राजाले पृथ्वीनारायणको शालिकमा माल्यापर्ण गरे । यो घटना र पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा राजाले दिएको वक्तव्य र जनताको यस व्यवस्था प्रति नेताहरुको आचरणले गर्दा आएको वितृष्णाको भावनाले यो व्यवस्थाको जग हल्लिई सकेको संंकेत दिन्छ । निकट भविष्यमै यो व्यवस्था गल्र्याम गुर्लुम ढल्न सक्ने प्रबल सम्भावना देखिन्छ , जुन जनताको इच्छा पनि हो ।
पृथ्वीनारायण शाहले नेपालमा कुरुक्षेत्र नभई फूट्दैन भनेका थिए । आज शासकवर्गले नेपाललाई कुरुक्षेत्र बनाई दिएकाछन् । धर्म ,संस्कृतिको कुरुक्षेत्र , जातजातिको कुरुक्षेत्र , राष्ट्र्लाई लूट्ने हानथापको कुरुक्षेत्र , विदेशीहरुको खेलमैदानको कुरुक्षेत्र । उनले उही वेला लमजुंंगलाई गरुड , गोर्खालाई सर्प र नेपाललाई भ्यागुता भनेका थिए । अहिले दक्षिणका छिमेकी हाम्रो लागि गरुड अमेरिका , सर्प भारत र नेपाल भ्यागुता भएको छ । गरुड र सर्पवाट नेपाललाई जोगाउने जिम्मा अब देशभक्त नेपाली जनताको । तर शासकवर्गले रोपेको विषवृक्षमा एउटा नेपालीले अर्को नेपालीलाई विश्वास गर्ने परिस्थिति छैन । यो परिस्थिति निर्माण गर्ने तत्व विदेशी शक्तिकेन्द्र भए तापनि यसलाई कार्यान्वयन गर्ने यिनै शासकवर्ग नै हुन । चार जात छत्तिस वर्णको यो सुन्दर फूलबारीलाई तहस नहस पार्ने खेल खेलितो चली रहेको छ । रैथाने देशद्रोहीहरु र आयातित नागरिकहरुलाई यसको लागि प्रयोग गरिंदै छ । नेपालमा ख्रिष्टानीकरणलाई सरकारले बढावा दिई रहेको छ भने दक्षिणवाट हिन्दू राष्ट्र् र धर्मको नाममा राष्ट्र्यि स्वयं सेवकको भातृ संगठनहरु भरपूर शक्तिले लागी रहेकाछन् हिन्दू र मैले केही हिन्दू राष्ट्र् चाहने अभियन्तासंग उनीहरुको चंगुलमा कसरि फँस्नु भयो भनेर सोध्दा हिन्दू राष्ट्र् र सनातन धर्मको रक्षाको लागि भने । उनीहरुले हाम्रो धर्मशास्त्रलाई ख्रिष्टानीकरण गर्दै गई रहेकाछन् , कृष्ण र क्राइष्ट एउटै हो भनी रहेकाछन् । जब यी दुबै एक हो भने ख्रिष्टान किन बनाउने ? कृष्णलाई माने हुन्थ्यो ? राष्ट्र्यि स्वयं सेवकको अखण्ड भारतलाई सार्थकता दिन लागि परेका यी संगठनहरु हिन्दू र मुसलमान बीच द्वन्द्व सृजना गर्न लागि परेकाछन ्। जबकि यहाँ राष्ट्र्यि समस्या भनेको ख्रिष्टानीकरण नै हो । डा. राजेश अहिराज गुलरिया आउँदा उनले मुस्लिम अगुवाहरुसंग राष्ट्र्यिता बलियो कसरि पार्न सकिन्छ भन्ने अन्तरक्रिया गरेका तिए । जसमा उनीहरुको भनाई थियो हामीलाई राज्यले , यहाँका समुदायले अंगाल्न सकेनन्् , न त आत्मियता नै दिए । बरु राजतंत्र हुँदा हाम्रो सम्मान थियो , भेदभाव थिएन , सरकारमा पनि हाम्रो समानुपातिक संलग्नता थियो । अहिले त्यो छैन । त्यस्तै डा. अहिराजको सम्मानमा मैथिली संस्कृति परिषद र ब्राह्मण समाजको कार्यक्रममा एकजना वक्ताले भने यहाँ पहाडी र मधेशी बीच भेदभाव छ र हामीलाई दोश्रो दर्जाको नागरिक ठानिन्छ । दुबै पक्षलाई वहाँले दिव्य उपदेश पढ्ने सल्लाह दिंदं त्यसवाट केही उद्धरण दिनु दिए । यो भेदभाव र असमानता जनताको नभएर व्यवस्थाको भएको भाव व्यक्त गर्नु भएको थियो । एउटा नेपालीले अर्को नेपालीसंग तर्सिने वातावरण कसले बनायो ?राज्यको लुछाचुँडीमा सबै जात र समुदायका शासकवर्गमा एकात्मकता देखिन्छ भने जनतामा विषवृक्ष रोपेर लडाई राख्न यिनै शासकवर्ग उद्यत छन् । हिजोका बिखर्चीहरु काठमाण्डु पसेर शासक बने पछि अर्बपति भए , कार्यकर्ताहरु जहाँका तहीं छन् । पृथ्वीनारायण शाहले उहिल्यै भनेका थिए , यो तीन शहर भन्याको चिसो शहर रहेछ ,खेलखाल मात्र ठूलो रहेछ । त्यो आज प्रष्ट देखिन्छ , यो मुलुक बनाउने बाहुन , क्षेत्री , शिल्पी , जनजाति , आदिवासी , मुसलमान र तराईका रैथानेहरुको महत्वपूर्ण हात छ । त्यसैले यो सबैको साझा फूलबारी भएको हो ,। पृथ्वीनारायण शाहले लखनौवाट चार जना मुसलमान न मगाएको भए हतियार र गोलाबारुद कसले बनाई दिन्थ्यो , सेनालाई तालिम कसले दिन्थ्यो ? के नेपाल एकीकरण सम्भव थियो ? ३१ डिसेम्बर १८१४ मा इष्ट एण्डिया कम्पनीले रौतहटको सम्मनपुरमा आक्रमण गर्दा त्यहाँका रैथानेहरुले राती गाईभैंसीको सिङ्गमा कपडाका् टालो बाँधेर आगो लगाई हुलका हुल गाईभैंसीहरुलाई धपाई अंग्रेजहरुलाई त्यहाँ पस्न नदिएको भए आज नेपाल रहन्थ्यो वा रहन्थेन ? तीन दिन सम्म अंग्रेजलाई उनीहरुले गाउँ भित्र छिर्न नदिए पछि तीन दिन पछि नेपाली सेना त्यहा पुगेर अंग्रैजलाई लखेटेका थिए । सिङ्गमा आगोका लप्का लिएर रातीको वेला आफूतिर खेद्दै आएका गाईभैंसीहरुलाई अंग्रेजहरुले ठूलै आग्नेय अस्त्र ठानेका रहेछन् । नेपालको एकीकरणमा यसरि सबै समुदायका्े महत्वपूण योगदान छ । ०६३ साल पछि आयातितहरु नवनागरिक भए पछि र शासकवर्ग विदेशी शक्तिकेन्द्रको आज्ञापालक बने पछि समस्या देखिएको हो । राष्ट्र् विघटनकारीका नवनाइके सि के राउतलाई जन्माउने शक्ति पनि यिर्न हुन् ।
आज भ्रष्टाचार नेपाली शासन व्यवस्थाको मुलमंत्र भएको छ । धमिजा देखि शुरु भएको भ्रष्टाचारको श्रृंखला बालुवाटार काण्ड यति , ओम्नी हुँदै वतास सम्म पुगेको छ । राष्ट्र्यि तथा धार्मिक धरोहरहरुको लीलामी हुँदा पनि यसलाई सत्ता बचाउने र व्यक्तिगत स्वार्थ रक्षार्थ गुपचूप राखिन्छ , मुद्दा चलाउन दिंइदैन । न्यायालय त भ्रष्टाचारलय बनेको छ । पृथ्वीनारायण शाहले भनेको थिए न्याय निँसाफ बिगार्ने घूस लिने र दिने दुबै हुन । यिनीहरुको ज्षान लिए पनि पाप छैन । शायद शासकवर्गलाई पृथ्वीनारायण शाह मन नपर्ने कारण यो पनि हो । बरु पञ्चायत कालमा अदालतवाट न्याय हुन्थ्यो । २०२६ सालको कुरा हो । सर्वोच्च अदालतका न्यायाधीश थिए रत्न बहादुर विष्ट । उनको इजलाशमा राजा महेन्द्रका ससुरा हरि शमशेर राणाको मुद्दा थियो । उनले हरि शमशेरको कसुर देखिए पछि उनलाई मुद्दामा हराई दिए । निर्णय गरेको भोली पल्ट उनी नाङ्गै खुट्टा पशुपतिनाथको दर्शन गर्न गए । मन्दिरवाट फर्के पछि उनकी पत्नीले दरबारवाट उनलाई बोलाएको कुरा डराई डराई सुनाउँदै हिजोको मुद्दाको फैसलाले अब जागिर जाने भयो भन्दै चिन्ता व्यक्त गरिन् । जागिर जाने डरको आशंका लिंदै भोली पल्ट उनी राजा समीप गएर विन्ती बिसाए र्, सरकार १ यस सेवकलाई क्षमा निगाह होस् , मैले मौसुफका ससुराज्यूलाई मुद्दा जीताउन सकिर्न । राजावाट हुकुम भयो र्, होईन् , होईन् रत्न १ क्षमा माग्न पर्दैन , तिमीले ठीक निर्णय गर्यौ । मैले चाहेको यस्तै निष्पक्ष न्याय व्यवस्था हो , तिमीलाई धन्यवाद छ । ै त्यस पछि राजाले उनलाई नजिकै राखेर चिया ख्वाए , लामो गफ गरे । राजाले उनलाई पुरस्कार दिन चाहन्थे तर त्यस्तो इमान्दार न्यायाधीशलाई हातैमा नगद दिन राजाले असहज मानी रहेका थिए । राजाले एक एक हजारका दशवटा नोट एउटा पुस्तकमा राखी दिंदै भने र्, लेऊ रत्न , यो अमेरिकावाट मगाएको कानून संबन्धी किताब हो , तिमीलाई काम लाग्छ , पढेर फर्काउनु ,।
पुस्तक लिएर घरमा आएर खोल्दा त्यहाँ दश हजार रुपैया देखे पछि उनले सोचे राजाले पुस्तकमा नोट राखेको बिर्र्सेर पुस्तक मलाई दिए । त्यसको तीन महिना पछि राजाको जन्मदिनको भोजमा उनलाई पनि निम्ता आयो । उनी किताब लिएर राजालाई फर्काउन भोजमा गए । राजाले उनलाई देखे पछि सोधे र्, पढ्यौ त रत्न यो पुस्तक र्र्? उनले भने ,पढें सरकार १ यो पुस्तक मौसुफमा फिर्ता चढाउन आएको छु , पुस्तक भित्र नोट पनि रहेछ । ची नोृटहरु जस्ताको त्यस्तै यो पुस्तक भित्र सुरक्षित छन् सरकार र्। राजाले उनको उत्तर सुनेर मुसुक्क हाँसे तर यी नोट तिमीलाई नै पुरस्कारस्वरुप दिएको हूँ भन्न सकेनन् । यसको एक महिना नपुग्दै भगवती प्रसाद सिंहले प्रधान न्यायाधीशको पदवाट अवकाश पाए पछि राजा महेन्द्रले २०२७ साल असारमा उनलाई प्रधान न्यायाधीश बनाए । न आज त्यस्ता शासर्क नै छन् न त न्यायाधीशहरु नै । दण्ड र पुरस्कारको अपव्याख्या गर्ने शासकवर्ग नै यसको प्रमुख जिम्मेवार हुन ।
राजा ज्ञानेन्द्रले पृथ्वी जयन्तीमा दिएको सन्देश वास्तविकताको जगमा उँभिएको छ र्, उन्नत भनिएको तंत्रले समय मात्रै बर्बाद गर्यो , देश परायाको खेल मैदान भर्यो । राजाको सन्देशको अन्तिम वाक्यलाई सार्थक तुल्याउन हामी देशभक्त नेपाली चाँडै नजागे यहाँ अनिष्ट अवश्याम्भी छ ( हाम्रो भूगोल , माटो र पन , आफ्नै धर्म संस्कृति एवं गतिविधि हामीलाई प्यारो र राम्रो लाग्छ । आफ्नो गौरवमय अस्तित्वलाई जोगाई राख्न हिमाल , पहाड र तराइका सबै हामी एक बर्नांैं । हाम्रो राष्ट्र्यिता सुदृढ राखौं अनि समग्र राष्ट्र्लाई सिंगारौं र्।

प्रतिक्रिया

सम्बन्धित खवर