शुक्रबार, माघ ०७, २०७८ मा प्रकाशित

माघ ७ , फरक समाचार, शुक्रबार भारत बााट अबैध रुपमा ल्यउदै गरेको समान बर्दिया प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय सानोश्री तारातालबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै स्थानबाट लुकाई छिपाई ल्याईरहेको अवैध सामान बरामद गरेको हो ।

भारतबाट ल्यउदै गरेको गाडिको टायर २ थान , चिनी , सुर्तिजन्य पदार्थ , बिभिन्न किराना सामान र सो कार्य गर्न प्रयोगमा ल्याईएको साकल १ थानर गरी अन्दाजी मुल्य रु ४७ हजार १ सय ७३ बराबरको सामान बरामद गरेको छ । बरामद गरेको समान आवश्यक काराबाहीको लागी आजै राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचाना अधिकारी प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय