बर्दियामा ४ जना जुवाडे पक्राउ ।
शुक्रबार, माघ ०७, २०७८ मा प्रकाशित

फरक समाचार माघ ७ , बर्दिया जिल्लाको बारबार्दिया नगरपालिका ३ झ्न्डिपुर स्थित खेतमा रहेको टहरोमा जुवा खेलिरहेका ४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहानको ३ बजेको समयमा जुवा खेलिरहेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट प्रहरी निरिक्षक गोपिकृष्ण सुबेदीको कमाण्डमा खटिएको टोलिले खान तलासि गर्दा जुवा खेलिरहेका ४ जनालाई पक्राउ गरेको छ । जुवा खेलिरहेका ठाउबाट २२ हजार ९ सय ३० नगर र जुवा खेल्न प्रयोगमा ल्याइएको १ थान तास सहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा बारबर्दिया नगरपालिका वडा नं. ६ बस्ने मान बहादुर थारु , सोही स्थानमा बस्ने ३२ बर्षका राम राजवंशी , ३० बर्षका हरि बहादुर भण्डारी , २२ बर्षका नरेन्द्र चौधरी रहेका छन । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई जुवा सम्बन्धि कसुरमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचाना अधिकारी प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर