गजल
दिपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली नेपाल
नदि बेचियो नाला बेचियो लाज लाग्दैन
छिमेकी ले कति हेपियो लाज लाग्दैन
देश को सुरक्षा गर्छु भनी हिडेको छोरा
सिमानामै राति काटियो लाज लाग्दैन
जस्ले भष्टाचार गर्छ उसैले मन्त्री बनाय
हेर्नू कस्तो नेता छानियो लाज लाग्दैन
जस्ले बेला बेला घाँटी समाई चेपि रहन्छ
उसैलाई भगवान् मानियो लाज लाग्दैन
चीन सगरमाथा बुद्ध मेरो भन्छ भारत है
नेपाली सान कति निहुरियो लाज लाग्दैन
देश को मन्त्री बनी विश्व थर्काउनु पर्ने बेला
छिमेकी संग थर(थर कामियो लाज लाग्दैन
बेला बेला भकम्प झै झट्ट दिन्छ छिमेकिले
हेर्नूनेपालि कति दु ख खेपियो लाज लाग्दैन
जस्मा अर्कैले ,राज गरिरहेको छ थाहा छैन
चुच्चे नक्सा बनाई तालि पिटियो लाज लाग्दैन
देश बनाउछु भनी मन्त्री सिँहादरबार थर्काउछन
हिजो राति सिमाना पिलर सारियो लाज लाग्दैन