सात वटै प्रदेशमा सिटामोल वितरण : सञ्चित नगर्न सरकारको आग्रह
शनिबार, माघ ०८, २०७८ मा प्रकाशित

फरक समाचार , माघ ८ , काठमाण्डाै – सरकारले सात वटै प्रदेशमा सिटामोल वितरण गरेको जनाएको छ ।

सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केन्द्रीय मेडिकल स्टोर बाराबाट प्रदेश एकको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई २१ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडालाई १० लाख ९८ हजार ट्याब्लेट सिटामोल पठाइएको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरालाई १८ लाख, लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई २७ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्ज र कर्णाली प्रदेशलाई समेत गरी १० लाख २० हजार र सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीलाई १८ लाख ट्याब्लेट सिटामोल वितरण भएको छ ।

एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट वितरण गरेर ११ लाख ५८ हजार सिटामोल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । यसअघि काठमाण्डौ उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोल अभावको गुनासो आएको थियो । तर सरकारले सिटामोलसहितका अन्य औषधि निरन्तर आपूर्ति भएकाले कुनै पनि अभाव नरहेको र सञ्चित नगर्न नागरिकलाई आग्रह गरेको छ ।साभार उज्यालो अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय