बर्दियामा थप ८० जनामा कोरोना पुष्टि
शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित

बर्दिया, माघ १४ (फरकसमाचार) / जिल्लामा थप ८० जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । ४० महिला र ४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ८ हजार ७ सय २७ पुगेको छ । संक्रमण मुक्त हुनेको संख्या ७ हजार ५ सय ७८ पुगेको छ ।

९ सय १५ जनामा भाइरस सक्रिय रहेको छ । सबै सक्रिय संक्रमित होम आईसोलेसनमा छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४४ पुगेको छ ।

कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख २५ हजार ३ जनालाई पहिलो, १ लाख ८१ हजार ६ सय ६३ जनालाई दोस्रो र ७ हजार ६ सय ४ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय