प्रहरीले धमाधम पक्राउ गर्दै चोर
शनिबार, माघ १५, २०७८ मा प्रकाशित

बर्दिया,माघ १५(फरकसमाचार)

चोरी गरी फरार रहेका युवकलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । प्रहरीले दाङ तुल्सीपुर उप–महानगरपालिका–१२ टरीगाउँका २३ वर्षिय नरेन्द्र परियारलाई नियन्त्रणमा लिएको हो । बाँसगढी नगरपालिका–२ अच्छरिया स्थित घरमा कोही नभएको बेला तीन वटा घरमा दराज, बाकस फोडी सुन र चाँदीका गरगहनासहित नगद रु १ लाख २५ हजार चोरी गरी परियार बेपत्ता भएका थिए । गत माघ ७ गते परियार चोरी गरी भागेका थिए ।

बर्दिया प्रहरीले सात दिनमा परियारलाई दाङ प्रहरीको सहयोगमा पक्राउ गरी बर्दिया ल्याउन सफल भएको छ । प्रहरीले परियारलाई नियन्त्रणमा लिई चारी मुद्दामा अनुसन्धान कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेम बहादुर शाहीले बताए । यसै विभिन्न स्थानमा चोरी कार्यमा सहभागिता जनाएका अन्य चार जनालाई पक्राउ गरेको डिएसपी शाहीले जानकारी दिए ।

पछिल्लो समय बर्दियामा चोरीका कार्यहरु दिनप्रतिदिन बढ्दै गएको छ । ‘चोरी तथा लुटपाटका घटना हुन नदिन प्रहरी निरन्तर लागिरहेको छ’ डिएसपी शाहीले भने, ‘चोरी तथा अपराधिक कार्यमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन जिल्लाभर प्रहरीको विषेश टोली परिचालन भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय