बर्दियामा आँगनमा आगो ताप्दै गरेको बेला टिप्परले कुल्चिदाँ दुईको मृत्यु, तीन घाईते
मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित

बर्दिया,माघ १८ (फरकसमाचार) / आँगनमा आगो ताप्दै बसेको बेला टिप्परले कुल्चिदाँ दुई जनाको मृत्यु र तीन जना गम्भिर घाईते भएका छन् । सोमबार साँझ ८ बजेको समयमा बढैयाताल गाउँपालिका–३ सतपतिया स्थित घर अगाडी आगो तापिरहेको बेला टिप्परले कुल्चेको हो । टिप्परले कुल्चिदाँ बढैयाताल गाउँपालिका–३ का ४५ वर्षिय सोम बहादुर बिक र ४५ वर्षिय रामु थारुको मृत्यु भएको छ ।

बिकको घटना स्थलमै र थारुको नेपालगंज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सहचालकसहित अन्य दुई महिला गम्भिर घाईते भएका छन् । घाईते तीनै जनाको नेपालगंज मेडिकल कलेजमा उपचार भईरहेको छ । बढैयाताल गाउँपालिका–३ की ३५ वर्षिय प्रमिला चौधरी, ४० वर्षिय चमेलिया थारु र टिप्परका सहचालक सुर्खेत बिरेन्द्रनगर नगरपालिका–११ का १९ का लक्ष्मण सुनार घाईते भएका छन् ।

भे १ क १४९५ नम्बरको टिप्पर सुर्खेतबाट जमुनी तर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई घर आँगनमा आगो तापिरहेका व्यक्तिहरुलाई कुल्चेको हो । टिप्परका चालक सुर्खेत बिरेन्द्रनगर नगरपालिका–११ का ३३ वर्षिय दुर्गा बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।
घर आँगनमा आगो तापिरहेको अवस्थामा टिप्परले मानिसलाई कुल्चिदाँ स्थानीय आक्रोसित भएका छन् । आक्रोसित स्थानीयले नेपालगंज गुलरिया सडक खण्ड अबरुद्ध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय