बढैयातालको विभत्स दुर्घटना ः साँझको गाँस खादा खादै कालले लग्यो
बुधबार, माघ १९, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,माघ १९

सोमबार साँझ ८ बजे घरको आँगनमा एक घरपरिवार बसिरहेको हुन्छ । साँझको खाना खाने क्रममा आगो ताप्दै गरेको बेला स्पीडमा आएको टिप्पर काल बेनेर घरकै आँगनै पुग्छ । बढैयाताल गाउँपालिका–३ का सतपतिया गाउँमा सोमबार साँझ ८ बजे घटेको घटनाको कथा काहाली लाग्दो छ । काल बनेर आँगनमा पसेको टिप्परले च्यापेर ४५ वर्षिय सोम बहादुर बिक र रामु थारुको मृत्यु भएको घटनाले सतपतिया गाउँनै यतिखेर स्तब्ध बनेको छ ।

अकल्पनिय रुपमा आएको त्यो टिप्परलाई कसैले देख्दैनन्, क्षणभरमै टिप्परले च्यापेर सोम बहादुर बिकको ज्यान लिन्छ । आफ्नै आँगनमा अकालमा ज्यान लिएको घटना धेरै नै दुखदायी छ ।

आगो ताप्दै गरेका पाँचै जनालाई टिप्परले ठक्कर दिदा घाईते हुन्छन् । घटनापछि वरपर उद्धार गर्ने भिँड त जम्मा हुन्छ । प्रहरी पनि समय पुग्छ र तर उद्धार गर्न कठिनाईले लामो समय बाच्ने र मर्ने दुबैको रुवावास चल्छ । गाउँपालिकाबाट पुगेको डोजरको सहायताले टिप्पर मुनी च्यापिएका घाईतको उद्धार भएपछि अस्पताल पठाउँने काम हुन्छ । तर,दुर्भाग्य उद्धार भएका घाईते राम बहादुर थारुको उपचार गर्न लैजाने क्रममा ज्यान जान्छ ।

टिप्पर पल्टाएर उद्धार भएको स्मरण गरेका ति छरछिमेकलाई उक्त घटनाले अझै झस्काइरहेको बताउँछन् । यतिखेर गाउँलेको मन भतभति पोलिरहेको बताईरहेका छन् ।

घटना यस्तो थियो कि हेर्ने मानिस नै बेहोस भएका थिए, घटना चित्रण गर्दै स्थानीय समाजसेवी बिनु पाण्डेले भने, ‘म पुगेको समयमा दृश्य दर्दनाक थियो, त्यसलाई शब्दमा बयान गर्न सकिदैन ।’ उनका अनुसार दुर्घटनास्थल पुगेका महिला घटनास्थलमा देखिएको दर्दनाक दृश्यले बेहोस भए । बेहोस महिलाको उपचारपछि होस आएको पाण्डेले सुनाए । भयानक घटनाले गाउँ नै शोकमग्न भएको उनको भनाई छ ।

टिप्परले कुल्चिदाँ सोमबार साझ दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भिर घाईते भएका छन् । सोमबार साँझ ८ बजे बढैयाताल गाउँपालिका–३ सतपतिया स्थित घर अगाडी आगो तापिरहेको बेला टिप्परले कुल्चिदा भएको थियो । बिभत्स घटनामा बढैयाताल गाउँपालिका–३ का ४५ वर्षिय सोम बहादुर बिक र ४५ वर्षिय रामु थारुको मृत्यु भएको हो ।

बिकको घटनास्थलमै र थारुको नेपालगंज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सहचालक सहित अन्य दुई महिला गम्भिर घाईते भएका छन् । घाईते तीनै जनाको नेपालगंज मेडिकल कलेजमा उपचार भईरहेको छ । बढैयाताल गाउँपालिका–३ की ३५ वर्षिय प्रमिला चौधरी, ४० वर्षिय चमेलिया थारु र टिप्परका सहचालक सुर्खेत बिरेन्द्रनगर नगरपालिका–११ का १९ का लक्ष्मण सुनार घाईते भएका छन् । ‘साँझको गाँस खादा कालले लग्यो,’उनले भने ।

भे १ क १४९५ नम्बरको टिप्पर सुर्खेतबाट जमुनीतर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई घर आँगनमा आगो तापिरहेका व्यक्तिहरुलाई कुल्चेको हो ।

टिप्परका चालक सुर्खेत बिरेन्द्रनगर नगरपालिका–११ का ३३ वर्षिय दुर्गा बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिप्पर सीतापुर स्थित यादव ईटा भट्टामा जादै गरेको खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

घर आँगनमा आगो तापिरहेको अवस्थामा टिप्परले मानिसलाई कुल्चिदाँ स्थानीय आक्रोसित भएका छन् । आक्रोसित स्थानीयले मंगलबार नेपालगंज गुलरिया सडकखण्ड अबरुद्ध गरेका थिए । लापरबाही तरिकाले चलाएका कारण अकालमा निर्दोष व्यक्तिको ज्यान गएकाले चालकलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय