बर्दियाकी युवती लागुऔषध ब्राउन सुगरसहित बाँकेमा पक्राउ
शनिबार, माघ २२, २०७८ मा प्रकाशित

बर्दिया,माघ २२ (फरकसमाचार) / बर्दियाकी एक युवतीलाई लागु औषध ब्राउन सुगरसहित बाँकेमा प्रहरीले पक्राउ गरेको छ । नेपालगंग उपमहानगरपालिका–१ शिव मन्दिर स्थितबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका–४ की २५ वर्षिय दुर्गा शर्मा रहेकी छन् । प्रहरीले विषेश सुचनाको आधारमा युवतीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई रहेको अवस्थामा १२ ग्राम लागु औषध ब्राउन फेला परेको बाँके प्रहरीले जनाएको छ ।

युवतीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय