फेल भएको अनुभव हुँदा हुँदै जबरजस्त उदाएका सिईओ गणेश
शनिबार, माघ २९, २०७८ मा प्रकाशित

बर्दिया, माघ २९ (फरकसमाचार)

माध्यामिक विद्यालय तह पढदाको कुरा हो–हाल सिटिजन्स बंैकका सिईओ गणेशराज पोखरेल फलामको गेट मानिएको एसएलसिमा फेल भएका थिए । मध्यम बर्गिय परिवारका गणेशलाई फेल भएको अनुभवले नै भबिष्य देखायो ।

महाकबि देवकाटोबाट एसएलसि पास गरेपछि नेपालगंज स्थित महेन्द्र बहुमुखी र शंकर देव क्याम्पसमा अध्ययन सकेपछि उनले करियरका लागि यात्रा शुरु गरेका थिए । उनी भन्छन् ‘फेल भएको अनुभवले मेहनत र लगनशिल हुन सिकायो र मैले कहिल्य हरेश खाए ।’

नाम गणेश भन्ने बिक्तिकै सकारात्मक भाईबेरशन पैदा हुन्छ । किन भने फस्ट ईम्प्रेशन नै नामले नै बर्णन गरिरहेको छ । भगवानको नामाकारणले मात्र असस्भव कुरा सम्भव हुन्छ भन्ने चाहि होईन । जसले सपना देख्छ । उसले नै सफलता पाउँछ । कर्म गरे फल अवश्य मिल्छ भन्ने उक्ति गणेशले कटु सत्य हो भन्ने कुरा सावित गरी दिए ।

सिटिजन्स बंैकका सिईओ गणेश पोखरेलको स्वभाव सर्वसाधारणसँग मिल्दो जुल्दो छ । सिईओ पोखरेलको घर गुलरिया नगरपालिका –७ बगलामुखी टोलमा पर्छ ।

यतिबेला हाई प्रोफाईलका पोखरेल जन्म घरमा समय मिलाएर बिदामा बेला बखत आई पुग्छन् । सबैसँग मिल्छन् – ठूला देखि साना सम्म । ८२ बर्षिय बुवा खेटराज पोखरेललाई उत्तिकै टाईम दिन्छन् । सँगै हिड्छन् । सँगै खान्छन् । सँगै घुमाउँछन् । बिदामा जन्मघर गुलरिया पुग्ने गणेश जति दिन बस्छन् उनको दिन चर्या सामान्य तरिकाले बित्छ । कसैलाई हेप्दैनन । जे पायो त्यहि गर्दैनन । जे पायो त्यहि खादैनन पनि र विवाद मुक्त रहने र आफुले गरेको कामको प्रचार नगर्ने उनको बानी छ ।

बिहिबार जन्म घर पुगेका उनी शुक्रवार आफ्नो टोलको बाटो स्कुटिमा हुईकिएको देखेपछि फरक समाचार संबाददाताले नमस्कार गर्दा स्कुटिबाटै नमस्कार बिनम्रता पुर्वक स्वीकार्छन् । त्यतिबेला को हो भन्ने पनि धेरैलाई कोतुहलता जाग्छ । फरक समाचार संबाददाताले जिज्ञाशुको प्रश्न खस्न नपाउँदै सिईओ गणेश भन्दा अचम्भित बन्छन् । हुनपनि काठमाडौमा सिईओलाई भेट्न मुश्किल हुन्छ ।

हाई प्रोफाईल पोखरेल सहपाठीसँग घुलमिल भएर बिगत लामो समय देखि कार्यक्षेत्र फर्किने बानी लोभ लाग्दो भएको स्कुले सहकर्मी स्मरण गर्छन् । ‘हामी त सँगै बस्यौ खेल्यौ र पढ्यौ पनि,’ सहपाठी बासु चौधरीले भने,‘घमण्ड त्यागेर हामी माझ घुलमिल हुन्छ,हामी खुसी छौ ।’

सिईओका सहपाठी चौधरी पनि राजनितिक संयन्त्रबाट यूएस भ्रमण गसिकेका र अन्तराष्ट्रिय संघसंस्था काम गरेका बुद्धिजिबि मध्यमा पर्छन । यस्तै बरिष्ठ पत्रकार राकेश बश्यालले चौधरीको कुरामा सहि थाप्छन् । बश्याल नेपाल पत्रकार महासंघका पुर्व केन्दिय उपाध्यक्ष हुन । उनी भन्छन्‘हाईप्रोफाईल गणेश दाई सिईओ मात्र हुनुहुन्न,उहाँको पत्रिकारिता पनि धरातल हो ।’

स्कुले जिवनमा आफु एभरेज बिद्यार्थी भएको पोखरेलले खुलाए । ‘म्याथमा राम्रो भएपनि अन्य बिषयमा म एभरेजमा थिए’उनी भन्छन,‘मेहनतले नै मलाई यँहा पुराएको हो ।

’गुलरियामा संरचनागत रुपमा राम्रो पढाई नभएपनि काठमाडौ बस्दा कडा मेहनत गरेको उनले सुनाए । फरकसमाचार दाताले फरक प्रसंग कोट्याउँदै बिद्यमान बैकिङ क्षेत्रमा तरलताको बिषयमा जिज्ञाशा राख्दा उनले भने,‘ अहिलेको तरलता केहि दिनमा सुधार हुने उत्तर दिन्छन् ।’ बैंकमा डिपोजिट बढ्ने उल्लेख गर्दै जसले गर्दा लोन कर्तालाई दवाव पर्छ भने डिपोजीट कर्ता उत्साहित हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय