कुखुराको खोरमा जुवा खेलिरहेका ६ जुवाडे पक्राउ
बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित

बर्दिया, फागुन ५ (फरकसमाचार) / जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जुवाडेलाई पक्राउ गरको छ । मधुवन नगरपालिका–९ बेलटाँरी गाउँबाट प्रहरीले नगदसहित ६ जनालाई मंगलबार राती नियन्त्रणमा लिएको हो ।

गोप्य सुनचाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्र बहादुर डमरपालको नेतृत्वमा गएको प्रहरी टोलीले जुवाडेहरुलाई नियन्त्रणमा लिन सफल भएको छ । बिनोद चौधरीको खाली रहेको कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जुवाखालबाट प्रहरीले नगद रु ४८ हजार २ सय ८५, जुवा खेल्न प्रयोगमा ल्याईने ताससहित ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका–९ का २९ वर्षिय बिनोद चौधरी, २३ वर्षिय राजेश चौधरी, २८ वर्षिय प्रकाश चौधरी, ३१ वर्षिय मान बहादुर चौधरी, २८ वर्षिय हिमाल चौधरी र २९ वर्षिय दिलिप तामाङ्ग रहेका छन् । प्रहरीले सबैलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट जुवा सम्बन्धि कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर