शनिबार, फागुन १४, २०७८ मा प्रकाशित

फरक समाचार

बर्दिया — भारतको उत्तरप्रदेश राज्यमा हुन लागेको पाँचौ चरणको विधानसभा निर्वाचनलाई मध्यनजर राख्दै बाँके र बर्दियासँग जोडिएको सीमा तीन दिनका लागि बन्द गरिने भएको छ ।

आइतबार सीमावर्ती बहराइच र श्रावस्ती जिल्लामा विधान सभाको निर्वाचन हुन लागेको छ । शुक्रबार बेलुकी ६ बजेदेखि आइतबार बेलुकी मतदान सम्पन्न नहुन्जेल सीमाबाट आउजाउमा पूर्णरुपमा रोक लगाइने भएको हो । नेपाल भारत सीमामा एसएसबीलगायत सुरक्षकर्मी तैनाथ गरिएको छ । बर्दियासँग जोडिएको करिब ८३ किमी सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अपराधिक क्रियाक्लाप रोक्न गस्ति गर्न थालेको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले शुक्रबारदेखि ७२ घण्टा सीमा क्षेत्र बन्द गरिने बताए । निर्वाचनका समय अपराधिक गतिविधि गर्ने सक्रिय हुने सम्भावना हुने भएकोले सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको उनले बताए ।

बहराइच जिल्लामा हुने विधानसभा निर्वाचनमा सत्तारुट भारतीय जनता पार्टी, समाजवादी पार्टी लगायत स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् ।साभार कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय