लुम्बिनी प्रदेश अध्यक्षमा लम्सालको उम्मेदवारी
सोमबार, फागुन १६, २०७८ मा प्रकाशित

बर्दिया, फागुन १६ (फरकसमाचार)

कर्मचारी युनियनको महाधिवेशनमा केन्द्रिय उपाध्यक्ष तथा प्रदेश अध्यक्षमा नारायण लम्सालले उम्मेदवारको घोषणा गरेका छन् । कर्मचारी यूनियनको आठौं महाधिवेशन फागुन २१,२२ र २३ गते काठमाडौमा हुँदैछ । लम्साल कर्मचारी यूनियनमा दुई दशक अघि देखि आबद्ध छन् । लम्साल वर्तमान कर्मचारी यूनियनका केन्द्रिय सदस्य छन् ।

कर्मचारीको हक हित संरक्षण लगाव भएका कारण उनी बिभिन्न पदाधिकारीमा निर्वाचित हुदै आठौ अधिबेशनमा प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

लम्सालले नेपाल निजामति कर्मचारी यूनियनका संस्थागत विकास, तपाईको सम्मान र मूल्याकंन मेरो प्रतिबद्धता भन्ने मुल नारा अघि सारेका छन् । उनले देश भरका कर्मचारी महाधिवेशन आबद्ध हुने कर्मचारी अमूल्य मत दिएर बिजयी गराउँन आग्रह गरेका छन् । मेरो नारालाई सार्थकता बनाउँनका लागि दत्त चित्त भएर लाग्ने लम्सालले बताए । ‘मलाई माया गर्नु हुन्छ भन्ने लागेको छ,’उनले भने,‘मैले यूनियनमा आबद्ध साथीहरुको बिश्वासलाई गुम्न दिन्न ।

’ यसअघि सातौ महाधिवेशनमा बिजयी बनाउँन लागि जति सहयोग पाए त्यसमा गर्ब गरेको उनले बताए । उनका अनुसार आठौ महाधिबेशनमा साथीहरुकै मायाले बिजयी हुनेछु । आसन्न केन्द्रिय अधिवेशनमा आफुलाई बिजयी बनाउँन कर्मचारी साथीहरुलाई उनले पटक पटक आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय