शारदा बहुमुखी क्याम्पसका बिद्यार्थी आन्दोलित
आइतबार, फागुन २२, २०७८ मा प्रकाशित

बर्दिया, फागुन २२ (फरकसमाचार)

शारदा बहुमुखी क्याम्पस परिसर शनिबार दिनभर तनाब ग्रस्त बन्यो । क्याम्पस प्रशासन, व्यबस्थापन समिति शिक्षक भर्ना प्रकरणमा अनिमियतताको आरोप लगाउँदै आएका बिद्यार्थीका कारण शारदा बहुमुखी क्याम्पस तनाव ग्रस्त बन्दै गएको छ । क्याम्पस प्रशासनले प्रहरी र प्रशासन लगाएर शिक्षक भर्ना गर्नका लागि परीक्षा लिएपनि शिक्षक भर्ना अनिमियतता भएको भन्दै प्रर्दशन उत्रेका बिद्यार्थीका कारण माहोल गरमा गरम बन्न पुगेको हो ।

शनिबार क्याम्पस प्रशासनले मेन गेटमा ताला लगाएर सुरक्षाकर्मीको उपस्थितीमा परीक्षा लिदा बिद्यार्थी झन् आक्रोषित बनेका छन् । डेढ बर्ष अघि खोलिएको बिज्ञापन रद्ध गर्न पर्ने माग गर्दै यस अघि बिद्यार्थीले माग राखेका थिए ।

राजनितिक भागबन्डामा शिक्षक नियुक्त गर्न थालेको भन्दै शनिबार संयुक्त बिद्यार्थी संघ र संगठनले क्याम्पस प्रशासन र व्यबस्थापन समितिको अनिमियतता रोक्न पर्ने भन्दै घोर भर्सना गरेको छ । संयुक्त बिद्यार्थी संघले डेढ बर्ष अघिको बिज्ञापन रद्ध गर्न माग गरेपनि अन्तत भागबन्डामा शिक्षक भर्ना प्रक्रिया अघि नबढाउँन भन्दै प्रेश बिज्ञप्तीमा मार्फत घोर भर्सना गरेको छ ।

बिभिन्न चरणको छलफल भएपनि एकलौटी ढंगले शिक्षक भर्ना गर्नु अराजकता भएको स्वबियु सभापति बिकास कोईरालाले बताए । ‘डेढ बर्ष अघि स्वास्थ्य र नेपाली दुई जना शिक्षकको बिज्ञापन क्याम्पस प्रशासनले निकालेको थियो’उनले भने,‘बिद्यार्थीको बिरोध हुँदा हुदै निकालेको बिज्ञापन थप एक जना शिक्षक भर्ना गर्न क्याम्पस प्रशासन र व्यबस्थापन समिति आक्रोषित रुपमा लागेका छन् ।’

शिक्षक भर्नाको बिरोधमा जारी गरिएको प्रेश बिज्ञप्तीमा नेपाल बिद्यार्थी संघका संयोजक गणेश अधिकारी र अखिल क्रान्तिकारीका अध्यक्ष अरुण चौधरीले हस्ताक्षर भएको प्रेश बिज्ञप्तीमा शारदा बहुमुखी क्याम्पस अनिश्चित कालिन तालाबन्दि गरिएको जानकारी गराएको छ । शिक्षक भर्ना प्रक्रिया रद्ध नभएसम्म तालाबन्दि खुला नगरिने व्यहोरा प्रेश बिज्ञप्तीमा बिद्यार्थीले लेखेका छन् । तालाबन्दी खोलिए त्यसले निम्त्याउँने दुर्घटना स्वयम क्याम्पस प्रशासनले लिनु पर्ने जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय