ठाकुरबाबा नगरपालिकामा डाक्टरनै दुःखी !
शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित

बर्दिया,फागुन २७ (फरकसमाचार)

डाक्टरलाई भगवानको अर्को रुप भनेर चिनिन्छ । अशक्त अवस्थामा पनि डाक्टरको सामु पर्दा विरामी निको हुन्छन् । स्थानीय तहमा शिक्षा र स्वास्थ्यको अब्बल हुनुपर्छ भन्ने मान्यता छ । सर्वसाधारणको शिक्षा र स्वास्थ्यमा पहुँच हुनु पर्ने अधिकारलाई स्थानीय तहका निर्वाचित प्रतिनिधिले संस्थागत गर्नु पर्छ ।

तर, ठाकुरबाबा नगरपालिकामा नगर प्रमुख घन नारायण श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालको मनपर्दीले गर्दा आम सर्वसाधारणले सहज तरिकाले पाउँनु पर्ने स्वास्थ्य जस्तो संबेदनशिल कुरामा सर्वसाधारण पहुँचमा छैनन् ।

ठाकुरबाबा नगरपालिकामा कार्यरत चिकित्सकलाई नित्कृष्ट सेवा र सुविधा उपलब्ध गराउँदा चिकित्सक पलायन हुनु पर्ने अवस्था आएको खुलासा भएको छ । जबकि चिकित्सकको हाहाकार हुँदा कतिपय पालिका चिकित्सक पाएका छैनन् ।
नगर प्रमुख श्रेष्ठले पहुँचको भरमा नियम विपरीत शिक्षा शाखा प्रमुख रामहरी रिजाललाई प्रमुख प्रशासकित अधिकृत जिम्मेवारी दिएका कारण श्रेष्ठको निर्देशनमा रिजालले मनपर्दी गर्दै आएको पाईएको छ ।

ठाकुरबाबा नगरपालिकामा कार्यरत डा. कुलदिप यादव नगर प्रमुख श्रेष्ठ र अधिकृत रिजाल प्रति रुष्ट बनेका छन् । स्वास्थ्य क्षेत्रमा खटिएर कोरोना कालमा समेत जोखिम मोलेर काम गरिरहेका उनी यतिबेला श्रेष्ठ र रिजालको अत्याचार सहन नसक्दा रुष्ट बनेका हुन् ।

न्यूनतम मूल्यको तलबमा लामो समय काम गरिरहेका डाक्टरलाई दिन पर्ने सेवा सुबिधाबाट बन्चित गरिरहेको उनको गुनासो छ । ‘अन्य पालिकाका सहकर्मीको राम्रो सेवा सुविधा भएपनि यस नगरपालिकामा कार्यरत मलाई बिभेद भएको छ’ उनले फरक समाचार संबाददातासँग भने, ‘नगर प्रमुखले वेवास्ता गर्दा कार्यकारीले कुराको सुनुवाई नै गर्दैनन् ।’ यो गुनासो प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई गरेको समेत उनले खुलासा गरे ।

यादवको पहलमा कोरोना कहरमा आईशोलेशन स्थापना गरी उत्कृष्ट चिकित्सकिय सेवा दिने एक्ला डा. यादव स्थानीय विच परिचित छन् । ठाकुरबाबाले संचालन गरेको आईशोलेशनमा उनले दिएको चिकित्सककिय परामर्शले सर्वसाधारण पुर्न जन्म पाएको भनि चर्चा पाएका उनलाई बिभिन्न बहानामा नगर प्रमुख श्रेष्ठ र अधिकृत रिजालको मनपर्दीले गर्दा ठाकुरबाबा नगरपालिकामा सेवाग्राहीले सेवा चुस्त दुरुस्त नपाएको समेत गुनासो आएको छ ।

स्वास्थ्य क्षेत्रमा नगरपालिका फराकिलो नहँुदा कष्टकर अवस्थामा पनि चिकित्सकले गुणस्तरिय सेवा दिईरहेको समाचार यस अघि प्रकासित भईसकेको छ ।

श्रेष्ठ एमालेबाट निर्वाचित नगर प्रमुख हुन् । केपी ओली निकट श्रेष्ठले पहुँचको भरमा ठाकुरबाबा नगरपालिकालाई एमालेका कर्मचारीको भर्ती केन्द्र बनाएको श्रेष्ठलाई आरोप छ । ‘अर्को पाटीको हो भने सहमति नदिने, एमाले निकट भयो भने मात्र नगरपालिका सहमति दिईन्छ,’ एक कर्मचारीले भने । शिक्षा शाखा प्रमुख रिजाललाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएका कारण रिजालले उप–प्रमुखलाई समेत वेवास्ता गर्दै एकतर्फी ढंगले काम गर्दै आएको स्वय उप–प्रमुखले एक कार्यक्रममा खुलासा गरेकी थिईन् ।

जिल्लाका पालिकामा मध्यमा राजश्व चुहावट, राजश्व दाखिला नहुँदा र बेलगाम खर्चका कारण करौडौ रुपैया महालेखा परिक्षकले बेरुजु सार्वजनिक गरिरहेको बेला स्वास्थ्य जस्तो संबेदनशिल कुरामा नगरपालिकाले गरिरहेको लापरबाहीले काम गरिरहेका चिकित्सकलाई दुःख दिनु स्थानीयले नकारात्मक रुपमा लिएका छन् । ढुगां गिट्टी निकासी गर्दा रोयल्टी चलखेलमा समेत नगर प्रमुख श्रेष्ठ र अधिकृत रिजाललाई लागेको अर्को आरोप हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय