चौथो दिनको फुटवल प्रतियोगितामा बारबर्दिया बिजय
आइतबार, फागुन २९, २०७८ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, फागुन २९

बढैयातालमा संचालन भईरहेको तेस्रो पालिका स्तरी फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा बारबर्दिया नगरपालिका विजय भएको छ । शनिबार बारबर्दिया र ठाकुरबाबा नगरपालिका बिच खेल भएको हो ।

बारबर्दियाले २ गोल बनाई बिजय भएको छ भने ठाकुरबाबाले १ गोल बनाई बारबर्दियासंग पराजित भएको हो । चौथो दिनको खेलमा बारबर्दियाका अनुज ढकाल म्यान अफ द म्याच घोषित भएका छन् । म्यान अफ द म्याच घोषित भएका ढकालले नगद रु एक हजार पाँच सय पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी आइतबार पहिलो सेमिफाइनलको खेल बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका बिच हुने आयोजक क्लवले जनाएको छ ।

‘यूवा र खेलकुदको विकास ः शान्ति र सद्भाबको आभाष’ भन्ने मुल नाराकासाथ फागुन २५ गते देखि फुटबल प्रतियोगिता भईरहेको छ । बढैयाताल गाउँपालिका–८ नयाँबस्तिमा मयुर युवा क्लबको खेलमैदानमा प्रतियोगिताको संचालन भईरहेको छ ।

फुटवल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १ लाख ५ हजार ५ सय ५५ र दोस्रो हुनेलाई ५५ हजार ५ सय ५५ ले पुरस्कृत गर्ने आयोजक क्लवले जनाएको छ । फुटवल प्रतियोगिताको फाईनल खेल चैत्र २ गते हुनेछ ।

बढैयातालको आर्थिक सहयोगमा मयुर युवा क्लबको आयोजनामा, बर्दिया जिल्ला फुटवल संघ बर्दिया र कालिका सामुदायिक पुस्ताकालयको समन्वयमा सञ्चालन भएको प्रतियोगितामा बर्दियाका ८ वटै पालिकाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय