सेमिफाईनल खेलमा बाँसगढीले बढैयाताललाई हराउँदै फाईनलमा प्रवेश
सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, फागुन ३०

सेमिफाईनल खेलमा बाँसगढीले बढैयाताललाई हराउँदै फाइनलमा प्रवेश भएको छ । बढैयातालमा संचालन भईरहेको तेस्रो पालिका स्तरी फुटवल प्रतियोगिताको सेमिफाईनल खेलमा आइतबार बाँसगढीले बढैयाताललाई पराजित गर्दै फाईनल खेलमा प्रवेश भएको हो । सेमिफाईनल खेलमा दुवै पालिकाले चार चार बराबर गोल बनाएर खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा बाँसगढीले ५ गोल गरी एक गोलको अन्तरले फाईनल खेलमा प्रवेश भएको छ ।

सेमिफाइनल खेलमा बाँसगढीका जिवन लामा म्यान अफ द म्याच घोषित भएका छन् । म्यान अफ द म्याच घोषित भएका ढकालले नगद रु एक हजार पाँच सय पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी सोमबार मधुवन नगरपालिका र बारबर्दिया नगरपालिका बिच सेमिफाइनलको खेल हुने आयोजक क्लवले जनाएको छ । फुटवल प्रतियोगिताको फाईनल खेल चैत्र २ गते हुनेछ ।

यूवा र खेलकुदको विकास ः शान्ति र सद्भाबको आभाष’ भन्ने मुल नाराकासाथ फागुन २५ गते देखि फुटबल प्रतियोगिता भईरहेको छ । बढैयाताल गाउँपालिका–८ नयाँबस्तिमा मयुर युवा क्लबको खेलमैदानमा प्रतियोगिताको संचालन भईरहेको छ । फुटवल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १ लाख ५ हजार ५ सय ५५ र दोस्रो हुनेलाई ५५ हजार ५ सय ५५ ले पुरस्कृत गर्ने आयोजक क्लवले जनाएको छ ।

बढैयातालको आर्थिक सहयोगमा मयुर युवा क्लबको आयोजनामा, बर्दिया जिल्ला फुटवल संघ बर्दिया र कालिका सामुदायिक पुस्ताकालयको समन्वयमा सञ्चालन भएको प्रतियोगितामा बर्दियाका ८ वटै पालिकाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय