दर्शकको अनुमान फेल, बाँसगढी बिजयी
बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित

बर्दिया, चैत ३ (फरकसमाचार) / बढैयातालमा भएको पालिका स्तरिय फुटबल प्रतियोगितामा बासगढी बिजयी भएको छ । बुधबार भएको फाइनल खेलमा बारबर्दियालाई हराउदै बाँसगढी बिजयी भएको हो । बढैयाताल गाउँपालिका–८ नयाँबस्तिमा मयुर युवा क्लबको खेलमैदानमा संचालन भएको प्रतियोगितामा बासगढि १ का बिरुद्ध २ गोल गर्दै बिजयी भएको हो ।

खेलको पहिलो हाफमा बारबर्दियाले १ गोल गरेर बासगढीलाई दवाबमा राखेको थियो । पहिलो हाफमा बारबर्दियाका तर्फबाट चेतन थारुले १ गोल गरेका थिए । पहिलो हाफमा बारबर्दिया धेरै गोल गर्नबाट पनि चुकेको थियो । बारबर्दियाले बाँसगढीलाई दवाबमा राखेको बेला सबै उपस्थित दर्शकहरुले बारबर्दियाले जित्छ जित्छ भन्दा भन्दै खेलको अन्तमा बाँसगढी जित हासिल गर्यो ।

पहिलो हाफ पछि खेल अप्रत्यासित रुपमा बासगढीको पोल्टामा पर्न गयो । पहिलो हाफ पछिको खेलमा बाँसगढीका खेलाडि टिम क्याप्टेन सुनिल आले मगर र अर्का खेलाडि राजन कठायत चम्किदा खेलको पासा पल्टियो र बासगढीको पोल्टामा गयो । यसरी मगर र कठायतले एक एक गोल गरि बाँसगढीलाई बिजयी गराए ।

‘यूवा र खेलकुदको विकास : शान्ति र सद्भाबको आभाष’ भन्ने मुल नाराकासाथ फागुन २५ गते देखि फुटबल प्रतियोगिता सुरु भएको थियो । फुटवल प्रतियोगितामा प्रथम हुने टिम बाँसगढीलाई नगद रु १ लाख ५ हजार ५ सय ५५ र दोस्रो हुने बारबर्दियालाई ५५ हजार ५ सय ५५ ले पुरस्कृत गरिएको छ । अहिले सम्म उत्कृष्ट खेल प्रर्दशन गर्ने बारबर्दियाका खेलाडी फागुराम थारुलाई उत्कृष्ट खेलाडी घोषित गरि रु २ हजार ५ सयले पुरस्कृत गरिएको छ । त्यस्तै सबैभन्दा कान्छो उदयमान खेलाडी बढैयातालका अरुण चलाउने,धेरै गोल गर्ने बढैयातालका आशिष सिंह ठकुरी उत्कृष्ट गोलकर्ता, उत्कृष्ट मिडफिल्डर बासगढिका अनिल मल्ल, उत्कृष्ट डिफेन्डर बासगढीका जिवन लामा भएका छन ।

उत्कृष्ट खेलाडी र प्रथम र दोस्रो हुने टिमलाई पुरस्कार प्रमाण पत्र कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समितिका संयोजक शंकर प्रसाद थारुले बितरण गरेका छन् । बढैयाताल गाउँपालिकाको आर्थिक सहयोगमा मयुर युवा क्लबको आयोजनामा, बर्दिया जिल्ला फुटवल संघ बर्दिया र कालिका सामुदायिक पुस्ताकालयको समन्वयमा भएको प्रतियोगितामा बर्दियाका ८ वटै पालिकाको सहभागिता रहेको थियो । प्रत्येक दिनको खेल अपडेटलाई समाचार सम्प्रेसण गरि सहयोग पु¥याएको भन्दै फरक समाचार राष्ट्रिय दैनिक मिडिया हाउसलाई आयोजकले कदर पत्रले सम्मान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय