होलीको फोहोर ब्यवस्थापन गर्न युवाहरु र सुरक्षााकर्मीले गरे बजार सरसफाई
शनिबार, चैत ०५, २०७८ मा प्रकाशित

स्थानीय युवा र सुरक्षाकर्मीको सहभागितामा गुलरिया बजार सरसफाई गरिको छ । होलीको फोहोर ब्यवस्थापन गर्न स्थानीय युवा तथा सुरक्षाकर्मीको समन्वयमा शनिबार बजार सरसफाई गरिएको हो । नया शिरा युवा क्वलको आयोजन तथा नया शिरा बहुउदस्यीय सहकारी संस्था , बर्दिया क्रिक्रेट एकेडेमी , नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाको समन्वयमा सरसफाई गरिएको हो ।
होलि पर्व मनाउन स्थानीयहरु बढि बजार एरियामा जम्मा भई रङरोगन गरि नाचगान गरि मनाउने गर्दछन । बजार एरियामा होलिको फोहोर ब्यवस्थापन गर्न सरसफाई अभियान गरिएको नया शिरा युवा क्लवका अध्यक्ष प्रमोद चन्दले बताए । होलिको भोलि पल्ट बिहानै सवैको सहयोगमा सरसफाई गरिएको चन्दको भनाई छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सरसफाई अभियानमा सहभागिता जनाए । नगर सरसरफाई अभियानमा युवा र सुरक्षाकर्मी सरिक भई अभियान सफल बनाएका छन । सरसफाईमा सुरक्षाकर्मीले देखाएको चासो सुखद रहेको स्थानीयले प्रतिक्रिया दिएका छन् । सुरक्षाकर्मीले सुरक्षा दिनुका साथै धार्मिक तथा सामाजिक कार्यमा अग्रसरता देखाएको पाईएको छ ।

बिगतका दिनमा सामाजिक कार्यमा अग्रसर हुदै आएको नया शिरा युवा क्लवले पर्वको भोलि पल्ट विहानै सवैको सहकार्यमा सरसफाई गरेको देख्दा खुसि लागेको स्थानीयले बताएको छन । होलि पर्वमा बजार एरिया धेरै फोहोर भएको थियो । आफ्नो ठाउ आफै बनाउ भन्ने उद्देश्यले सरसफाईमा सहभागिता जनाएको माओबादी केन्द्र गुलरियाका अध्यक्ष गहेन्द्र ढकालले बताए ।

युवा समुहले गरेको यो कार्य सह्रानिय रहेको स्थानीयले बताएका छन् । यो हाम्रो ठाउ हो , यो हामी आफैले सफा राख्नु पर्छ भन्दै आफु पनि सरसफाइमा सहभागिता जनाएको गुलरिया वडा नं. ८ का वडा अध्यक्ष धम्रेन्द्र बानियाले बताए ।

नया शिरा युवा क्लवले आयोजना गरेको नगर सरसफाई अभियानमा सुरक्षाकर्मी र युवा समुहका सदस्यहरु सहभागिता जनाई अभियान सफल बनाएकोमा नया शिरा युवा क्लवका अध्यक्ष प्रमोद चन्दले धन्यवाद दिए । नगरलाई सफा राख्न सम्पुर्ण नगरवासीको महत्वपुर्ण भुमिका रहने उनले सुनाए । बिगतका दिनमा बिभिन्न सामाजिक कार्यमा सहभागिता जनाउदै आएको क्लवले आगामी दिनमा पनि निरन्तरता दिने चन्दले बताए । बराति चोक देखि सुरु भएको सरसफाई गुलरिया बजारमा कुचो लगाएर सफा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय