भारतबाट ल्याउँने सामानको राजश्व छल्न वडाको सिफारिस
आइतबार, चैत १३, २०७८ मा प्रकाशित

बर्दिया, चैत १३ (फरकसमाचार)

गुलरिया वडा नम्बर १२ का राम कुमार थारुले भारतबाट ल्याउने सामान राजश्व छल्न सिफारिस गर्ने गरेको पाईएको छ । आम सर्वसाधारणसँग शुल्क असुली गरेर राजश्व छल्न सिफारिस गर्ने गरेको पाईएको छ ।

वडा कार्यालयको लेटर प्याड प्रयोग गरेर भारतबाट ल्याउँने सामानमा शुल्क लिएर सामान लिन भारत पठाउँने गरेको फरक समाचार संवाददाताले वडा सरकारले गरेको सिफारिस पत्र प्राप्त गरेको छ । संबाददाताले प्राप्त गरेको रसिदमा २ सय १५ सिफारिस गरे वापत शुल्क असुल गरेको पाईएको हो ।

वडा नंम्बर १२ ले गरेको सिफारिस पत्रमा भारतबाट सामान ल्याउन पाउँने गरी भाषा प्रयोग गरेर आम सर्वसाधारणसंग शुल्क लिएको रेर्कडमा देखिन्छ । स्थानीय सरकारको राजश्व चुहावट रोक्न जिम्मेवारी भित्र पर्छ । तर,कर लिने बहानामा राजश्व छल्न शुल्क लिने कत्तिको जायज हो । सोझा जनतालाई भुक्काएर शुल्क लिएर वडाको सिफारिस गर्नु लाजस्पद होइन र ? सीमावर्ती क्षेत्रमा कर असुल गर्न यस्ता कर्तुत गरिरहेको सुन्दा तपाईलाई अचम्म लाग्छ ।

स्थानीय सरकारले विकासे बजेटको चरम दुरुपयोग गरिरहेको आरोप खेपिरहेका वडा सरकारले जनतालाई भुक्काउँन कुनै कसुर नछाड्ने गरेको तथ्य सार्वजनिक भएको छ । तर,वडा सरकारले गर्ने त्यस्ता सिफारिस कति मान्यता प्राप्त हुन्छ सोझा साझा सर्वसाधारणलाई के थाहा हुन्छ र ? त्यस्तै चंगुलमा आम सर्वसाधारण फस्ने गरेका छन् ।

गुलरिया नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष थारुले गर्दै आएको तथ्य सार्वजनिक भएको छ । वडा अध्यक्ष थारुले हस्ताक्षर गरेको पत्रमा भारतबाट ल्याउने सामानको भन्सार छल्नका लागि सिफारिस गरेको पाईएको छ । कुनै घरमा बिबाह जस्ता काम काज वा अन्य प्रयोजनका लागि शुल्क लिएर सिफारिस गर्नु कानुन बमोजिम छ कि छैन सरोकारवाला निकायले छानबिन गर्ला ।

राजश्व छल्ने जस्तो विषयमा सिफारिस गरेर त्यस वापतको आम सर्वसाधारणसंग शुल्क असुल्ने वडा अध्यक्ष थारुको मनपरी नै चल्ने हो भने अझै आम सर्वसाधारण ठगिने छन् ।

भारतबाट सामान ल्याउँनका लागि सिफारिस गर्ने व्यवस्था नभएको उल्लेख गर्दै बदमासी भएको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताए । ‘सीमावर्ती क्षेत्रमा तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न प्रशासन लागि परेको छ’ उनले भने, ‘तस्करीका सामान कसैलाई पनि र कसैको सिफारिसमा नेपाल भित्राउँने छुट छैन, सबै नियममा भएको राजश्व तिर्न पर्छ ।

’ उनका अनुसार वडा कार्यालयले आम सर्वसाधारणसँग शुल्क असुलि गरेर राजश्व छल्न सिफारिस गरेको प्रमाण भेटिए कानुनी कारबाही अघि बढाउँने उनले जानकारी दिए ।

वडा नं. १२ को लेटर प्याडमा चलानी नम्बर ११५४ राखी गत बिहीबार वडा अध्यक्ष थारुले सिफारिस गरेका छन् । सिफारिस गरे वापत वडाले रु २ सय १५ असुल गरेको पाईएको छ ।

सिफारिस पत्रमा आठ किसिमका सामान ल्याउन उल्लेख गरिएको छ । १ बोरा चिनी, ४ बोरा चामल, ४ टिन खाने तेल, २ टिन रिफाइन तेल, १ हजार थान फाइवर प्लेट, १ हजार थान फाइवर गिलास, ७ किलोग्राम सेला चमाल र ५ फिटको १ थान बाकस भारतीय बजार लौकाहीबाट ल्याउन गुलरिया नगरपालिका वडा नं. १२ ले अधिकारीक रुपमा सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर