आफैसँग प्रश्न सोध्ने समय आएनर ?
सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित

खुमेश सुवेदी

देशमा ठुला ठुला आमुल परिबर्तनहरु भए, देशमा विभिन्न किसिमका व्यवस्था लागु गर्दै नीति परिवर्तन पनि भयो तर अफसोच नियत कहिलै परिवर्तन हुन सकेन । अबत देशले पक्कै मुहार फेर्नेछ भन्ने सबैलाई आशा जाग्यो तर सोचेजस्तो हुन सकेन । हरेक पाँच–पाँच बर्षमा स्थानिय, प्रदेश र संघिय सरकार परिवर्तन हुन्छन, निर्वाचनका क्रममा ठुला ठुला परिवर्तनका योजनाहरु आफ्ना घोषणा–पत्र समावेश गर्छन तर बिडम्बना ति योजनाहरु फोहरको डुङगुरमा फाल्ने कागजको टुक्रामा मात्र परिवर्तन हुन्छ । यो देश कहिलै हँुदा खानेको लागि हुन सकेन, हुन सक्यो त बस हुने खानेको लागि मात्र ।

देशमा कृषि क्रान्तिका कुरा गरे केहि योजना पनि अगाडि आए तर जो बास्तविक कृषक हो उसले अनुदान के हो भन्ने अहिले सम्म पनि महसुस गर्न पाएन । आम नागरिकको दृष्टिकोणबाट हेर्ने हो भने कुनै पनि राजनैतिक दलका प्रतिनिधि र तिनिले गरेको प्रतिवद्धता प्रति विश्वास नभएको पाईन्छ, तर पनि क्षणिक आर्थिक प्रलोभन र आश्वासनका कारणले गर्दा नागरिकले नेतृत्व छनोटमा विवेक गुमाउदछन र असल प्रतिनिधि छनोट हुनबाट बन्चित हुन्छ ।

यो देश बिकासको सबैभन्दा बाधक तत्व भनेकोनै संस्थागत रुपमा मौलाउदै गरेको भ्रष्टाचार हो । जनप्रतिनिधिहरुले निर्वाचनका क्रममा ढुक्क संग लाखौ, करोडौ रुपैया खर्च गर्छन अधिकांश जनप्रतिनिधिहरुको सोचनै पदमा पुगेर लगानि गरेको रकम उठाउने र अर्को निर्वाचन सम्म पुन लाखौ करोडौ खर्च गर्न सक्ने हैसियत तयार गर्ने हो । खासमा राजनितिलाई सामाजिक सेवाको रुपमा नभई एउटा पेशाको रुपमा लिने गरेको पाईन्छ । स्थानिय निकायले ठुला आयोजनाहरु निर्माण गर्न निर्माण कम्पनिलाई दिन्छन, त्यसैमा कमिशनको खेल सुरु हुन्छ, जसले धेरै कमिशन दिन्छ सो आयोजना उसले पाउछ ।

त्यसरी निर्माण हुने आयोजनाको गुणस्तर कस्तो होला सजिलै आँकलन गर्न सकिन्छ । केही आयोजनाहरु निर्माण सम्पन्न भएको केहि समय सम्म मात्र चल्छन भने केहि निर्माणकै क्रममा बिग्रिन्छ । कमिशनले मुख बन्द गरेर बसेका जनप्रतिनिधिहरु त्यसको गुणस्तरको कुरा उठाएर निर्माण कम्पिनलाई कारबाहि गर्ने कुरै भएन, त्यो आयोजना तै चुप मै चुपमा सकिन्छ । यो सबै हुनुमा आम नागरिकको पनि कमजोरी छ अघिपछि यो भएन, त्यो भएन भन्दै गालि गरिरहेको मान्छेनै निर्वाचनको क्रममा उसैको पछाडि पाटिको झन्डा र झोला भिरेर हिड्छ, क्षणिक स्वार्थ पुरा गर्छ र त्यसपश्चात सधैभरि गुनासो गरेर मात्र बस्छ । राजनिति आफ्नो स्वार्थ पुरा गर्ने, आफ्ना ईष्टमित्र नातागोता र नजिकको मान्छेलाई व्यवस्थापन गर्ने माध्ययम मात्र बनेको छ ।

हाल देशमा आर्थिक तरलता छ । बैंक भन्छ हामि संग पैसा छैन, उसोभए पैसा गयो कँहा ? केहि समय सम्म भएको पैसा एकाएक कसरि गाएब हुन्छ ? यि सबैकुराले पनि सजिलै आँकलन गर्न सकिन्छकि देशमा भ्रष्टाचार कति सम्म व्याप्त छ भनेर । बैधानिक रकम बैंकमा छ र अबैधानिक रकम बोरा वा बाकसमा खाल्डो खनि राखिएको छ । बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु निर्वाचन पश्चात आर्थिक तरलता कम हुदै जानसक्ने बताउछन् अर्थात निर्वाचनको क्रममा ति रकम बाहिरिन्छन र बिस्तारै आर्थिक तरलता पनि हराउदै जान्छ भन्ने बुझ्न सकिन्छ । भ्रष्टाचार यसरिनै मौलाउदै जाने हो भने हरेक पाँच बर्षमा राष्ट्रले आर्थिक संकटको यो अवस्था भोग्नुपर्ने देखिन्छ ।

यसो भन्दै गर्दा सबै जनप्रतिनिधिहरु अयोग्य छन् वा राजनितिलाई पेशाको रुपमा मात्र अंगाल्ने गर्छन भन्न खोजिएको होईन । केहि त्यस्ता जनप्रतिनिधिहरु पनि छन् जसले राज्यले दिने सेवा सुबिधा समेत लिएका छैनन, केहिले लिएर पनि शिक्षा, स्वास्थ्य एवम् पुर्वाधार विकास लगाएत अन्य सामाजिक कार्यमा समेत लगानि गरेका छन । यहाँ कुुनै राजनैतिक दलमा समस्या होईन, समस्या छ त बस ति राजनैतिक दलको नेतृत्व गर्ने नेतृत्वकर्तामा ।

एक पटक आफुले आफैलाई मनै देखि प्रश्न सोध्नुसत, के हामि अझैपनि सजक हुनुपर्ने बेला भएको छैन ? आखिर कहिले सम्म यो अवस्थाबाट गुज्रने ? के यसरिनै हाम्रा स्थानिय तह हुदै देश बिकाश हुुुुन्छत ? यो तेरो पाटि त्यो मेरो पाटि भन्दै मर्दा र पर्दा काम लाग्ने तिनै छिमेकि दाजु भाई संग कति दिन बोलि बाराबार गरेर बस्ने ? तिनै नेता जसले अहिले सम्म आफ्नो स्वार्थ भन्दा माथि अरु केहि हेरेनन तिनैलाई पटक पटक निर्वाचित गरेर जनताले के पाउने ? हामिले सधैभरी म यो पाटिको भनेर के पाएउ ?

तपाई हाम्रा वृद्ध बुवा आमाले सहजै स्वास्थ्य सुविधा पाउनु पर्ने होईन र ? तपाई हाम्रा छोरा छोरीले अध्ययन गर्ने सरकारी विद्यालयहरु प्राईभेट स्कुलको जस्तो गुणस्तर वृद्धि हुनुपर्ने होईन ? तपाई हामिले उत्पादन गरेका अन्नवालि, तरकारी लगाएत उत्पादित वस्तुले बजार पाउनु पर्ने होईन ?े तपाई हाम्रा छोरीहरु बाहिर हिडदा कतै निर्मला पन्तको जस्तो अवस्था भोग्न पर्नेत होईन भन्दै छोरी घर नआँउदा सम्म मन शान्ति हुदैन, हामि ढुक्क हुनसक्नुपर्ने वातावरण सिर्जना हुनपर्ने होईनर ? तपाई हाम्रा बुवा, आमा, दाजुभाई, दिदिबहिनिहरु परिवारको खुशि र सुख खोज्नका निम्ति बैदेशिक रोजगारमा छन, ति सबैले आफ्नै देशमा रोजगार पाउनुपर्ने होईनर ? यस्ता तमाम प्रश्नहरु छन् जुन आफुले आफैसंग सोध्न जरुरी छ ।

ति तमाम प्रश्नहरुको सहज उत्तर हामि आफैसंग छ, अब बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा हाम्रोलाई होईन राम्रोलाई चयन गरौ । योग्य, अनुभवि, प्रष्ट योजना भएको प्रतिनिधिलाई निर्वाचित गरौ । कुनै राजनैतिक दलको झोले कार्यकर्ताको रुपमा होईन आफुले आफैलाई एक स्वतन्त्र नागरिकको रुपमा स्थापित गर्न जरुरी छ । जबसम्म हामिले हाम्रो सोचमा परिवर्तन गर्न सक्दैनौ तबसम्म परिवर्तन सम्भव छैन । यदि परिवर्तन चाहनुहुन्छ भने आफैबाट सुरुवात गर्न जरुरी छ । तपाईको बहुमुल्य मतको सदुपयोग गरि असल नेतृत्व निर्वाचित होस्, शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय