चित्तलको मासुसहित तीन पक्राउ
आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित

बर्दिया, बैशाख १८ (फरकसमाचार) / जंगली जनावर चित्तलको मासुसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जंगली जनावर चित्तलको शिकार गरी मासु भागबण्डा गरिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

जंगलबाट चित्तलको शिकार गरी बाँसगढी नगरपालिका–३ स्थित मासु भागबण्डा गरिरहेको विषेश सुचनाको आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

बाँसगढी नगरपालिका–३ गौरीचोक बस्ने प्रेम बहादुर बिष्ट, भद्दु थारु र शिव प्रसाद थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मोतिपुर र सव डिभिजन बन कार्यालय बाँसगढीबाट खटिएको संयुक्त टोलीले चित्तलको मासुसहित उनीहरुलाई पक्राउ गरेको छ ।

चित्तलको शिकार गरी मासु भागबण्डा गरिरहेको स्थानबाट ५० किलोग्राम चित्तलको मासुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चित्तलको मासुसहित तीन जनालाई नियन्त्रणमा लिई कारवाहीको लागि सब डिभिजन बन कार्यालय बाँसगढीमा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय