‘महिनौ दिन बढि बच्चाको सास वा लास देउँ भन्दै अस्पतालमा भगवान् पुकारेर बसे’
शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, बैशाख २३ / ३७ औं दिन अघि देखि प्रश्रव पीडामा रहेकि गुलरिया नगरपालिका–३ की गर्भवती आमा शुसिला गोडियाको आँखाबाट बिहिबार खुसीका आसु पोखिएका छन् । लामो समय देखि बच्चालाई बर्दिया अस्पतालको सैयामा राखेर साँस वा लास कुरेर बसेकि ति आमाका आखा एक महिना सात दिन सम्म दुःखका आसु गहभरी छचलकिए ।

बर्दिया जिल्ला अस्पतालको एनसिसियु कक्षमा भर्ना बच्चा ३७ औं दिनमा स्वस्थ रहेको खबर पाएकि गर्भवती आमाका आँखाबाट बलिनधारा आसु खस्दा बच्चाको उपचारमा खटिएका डाक्टर, नर्स र अस्पतालका स्टाफले समेत खुसीका आसुलाई रोक्न सकेनन । ति आमाले भनिन्,‘डाक्टरले भगवानको रुप लिदा मैले जिउदो छोरी (लक्ष्मी) पाए, एउटा बच्चा गुमाउँनु परेको पिडालाई आफ्नो नियति भन्दै दोष दिईन् ।’

पछिल्लो समय यस्तै यस्तै सफल उपचारमा सक्रिय भगवान रुपी डाक्टरका कारण बर्दिया अस्पतालको बिग्रिएको छवि बिर्सदै अस्पताल प्रति बिरामीको विश्वास बढेको पाईएको छ । जिल्लाबासीले अस्पताललाई विश्वास गर्दा अस्पतालले असल नियतले दिने सेवाका कारण चिकित्सकिय टिम सफलता नजिक पुगिरेहेका अस्पतालका मेसु सुभाष पाण्डे बताउँछन् ।

चैत १५ गते असहज भएपछि गुलरिया नगरपालिका–३ की शुसिला गोडिया बर्दिया अस्पतालमा भर्ना भएकि थिईन् । त्यतिबेला गोडिया २९ हप्ताको गर्भवति थिईन । गोडियाको गर्भमा दुई वटा बच्चा रहेको अस्पतालको रिपोर्टले पुष्टि ग¥यो । दुई बच्चा मध्य एउटा बच्चा पेटमै मृत्यु हुँदा निराशा छाएको त्यो समय यतिबेला अर्को बच्चालाई चिकित्सकले सकुशल आमाको जिम्मा दिँदा बर्दिया अस्पतालको चिकित्सकिय टिममा उत्साह बढेको छ ।

पेटमा दुई वटा बच्चा मध्य एउटा बच्चा पेटमै मृत्यु भएको र अर्को बच्चा जिउँदै रहेको हुँदा अप्रेशनको माध्यमबाट तत्काल सुत्केरी गराउँनु परेको बर्दिया अस्पतालका बाल रोग विशेषज्ञ डा.विश्वनाथ शाहले बताए ।

बच्चालाई बचाउँन धेरै संघर्ष गर्नु परेको डा. शाहले अनुभवन साटे । जिउँदो रहेको एउटा बच्चाको तौल जम्मा १ किलो २ सय ग्राम थियो । बच्चाको तौल कम हुँदा बच्चालाई सास फेर्न निकै गाह्रो भईरहेको थियो । बच्चालाई सात दिनसम्म भेन्टिलेटरमा राख्यौ । बर्दिया अस्पतालको सिमित स्रोत साधनको वाबजुद बच्चालाई बचाउन सफल भएको डा. शाहले सुनाए । ‘बर्दिया अस्पताललाई विश्वास गरी अभिभावकले ३७ दिनसम्म बच्चालाई सेवा गर्न राखेकोमा खुसी छु’ डा. शाहले भने, ‘जटिल अवस्थाबाट बच्चालाई सामान्य अवस्थामा फर्काउँदा आत्मसन्तुष्टि मिलेको छ ।’

बाल विशेषज्ञ डा. शाहको नेतृत्वमा खटिएका बर्दिया अस्पतालको एनसिसियुको टिमलाई मेसु डा. सुभाष पाण्डेले धन्यवाद व्यक्त गरे । बच्चालाई ३७ दिन रात दिन नभनि आफ्नो निगरानीमा राखी उपचारपछि पुर्ण रुपमा निको बनाई बिहीबार डिस्चार्ज गरिएको मेसु डा. पाण्डेले बताए । ‘अस्पतालको टिमको मेहनत र अभिभावकको धैर्यताले बच्चालाई हामीले बचाउन सफल भयौं’ मेसु डा.पाण्डेले भने,‘अभिभावकको धैर्यता र अस्पताल प्रतिको विश्वासको परीक्षामा अस्पताल बच्चालाई बचाएर पास भएको छ ।’

सकुशल बच्चा पाउँदा औंधी खुसी छु

बर्दिया अस्पतालको यो ठुलो उपलब्धि रहेको मेसु डा. पाण्डेले सुनाए । बच्चालाई अस्पतालले निशुल्क सेवा दिएको छ । ३७ दिनको अवधिमा बच्चाको उपचारको लागि अस्पतालको एक लाख बढि खर्चेको डा.पाण्डेले जानकारी दिए । अस्पतालबाट बच्चाको लागि सबै सेवा निशुल्क रुपमा दिएको हो । घरमा बच्चाको अक्सिजनको मात्रा नाप्न अस्पतालले अक्सिमिटर निशुल्क रुपमा उपलब्ध गराएको छ । ‘बच्चालाई बचाउन अस्पतालले भेन्टिलेटर, अक्सिजन, औषधी र उपकरणलगायतमा धेरै खर्च गरेको छ’ मेसु डा.पाण्डेले भने,‘अस्पतालको जतिखर्च भएपनि उपलब्धिपुर्ण भएकोमा हामीखुसी छौं ।’

कतिपय औषधी अस्पतालमा नपाएको खण्डमा नेपालगंजबाट अभिभावक आफ्नै खर्चमा ल्याएको समेत बताए । अभिभावकले पनि ५० हजार बढी खर्च गरेको अनुमान रहेको डा.पाण्डेले सुनाए । यही अवस्थामा अरु ठाउँमा रिफर गरेको भए बेड चार्ज र उपकरणलगायत दिनमा १० देखि १५ हजारसम्म खर्च व्यहोर्नु पथ्र्यो । त्यो सबै खर्चबाट बच्चाको अभिभावकलाई अस्पतालले जोगाएको छ । आगामी दिनमा जस्तो सुकै अवस्थामा बर्दिया अस्पताल सेवा गर्न तत्पर रहेको मेसु डा. पाण्डेले प्रतिबद्धता जनाए ।

चैत १५ गते अप्रेशनको माध्यमबाट जन्मेको बच्चालाई ३७ दिनसम्म आफ्नै निगरानीमा राखेर कडा मेहनत गरेर छोरीलाई बचाएकोमा अस्पतालको टिमलाई बच्चाको बुवा ब्रहमानन्द गोडियाले आभार प्रकट गरे । मेरो बच्चालाई बचाउने डाक्टर मेरो लागि भाग्वान नै सावित भएको बताए ।

‘एकदमै नाजुक अवस्थामा रहेको बच्चीलाई बचाउन डाक्टरले धेरै मेहनत गरे’ गोडियाले भने,‘३७ दिनको अस्पतालको बसाई मेरो लागि उपलब्धिमुलक रह्यो ।’ छोरीलाई पुर्ण रुपमा निको बनाई बिहीबार घर फर्किदै गरेका गोडियाको अनुहारमा चमक देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय