नदिमा डुबी वेपत्ता भएका थारुको शव फेला
शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित

बर्दिया, बैशाख २४ (फरकसमाचार) / बिहीबार गेरुवा कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थारुको शव शनिबार फेला परेको छ । मधुवन नगरपालिका–३ धनौराका २४ वर्षिय दिलिप थारु बिहीबार दिउँसो नदिमा नुहाउने क्रममा बेपत्ता भएका थिए । तीन दिनपछि थारुको शव डुबेको स्थानमा शनिबार फेला परेको प्रहरीले जनाएको छ ।

थारु डुबी बेपत्ता भए देखि डुंगा तथा अन्य माध्यमको प्रयोग गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयसहितको गोताखोर टोलीले खोजतलास गर्ने क्रममा शव फेला परेको हो ।

खोजतलासकै क्रममा तेस्रो दिनमा डुबेको स्थानमा मृत अवस्थामा थारुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय