अबैध सालको काठ बरामद
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित

बर्दिया, बैशाख २७ (फरकसमाचार) / अबैध रुपमा ल्याउँदै गरेको सालको काठ प्रहरीले आइतबार बरामद गरेको छ । मधुवन नगरपालिका–४ माचड चोक नजिक सडक बाटोमा काठ ल्याउँदै गरेको अवस्थामा प्रहरीले काठ बरामद गरेको हो ।

प्रदेश १–०२–००२ स २८१५ नम्बरको कार्गो ईरिक्सामा अबैध काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ढोढरीले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । अबैध रुपमा काठ ल्याउने व्यक्ति प्रहरीलाई देखेर रिक्सासहित काठ छोडेर भागेको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रिक्सामा लोड लैजादै गरेको अवस्थामा १९ थान सालको चिरान काठ १०.८४ क्युफिट बरामद भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । बरामद रिक्सासहित काठ मुल्य रु २ लाख ३० हजार रहेको उल्लेख छ । रिक्सासहित बरामद काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाएको प्रहरीको विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय