मतदाता ओसार्दै जनप्रतिनिधि, पाँच दिनमा तीन लाखबढीले काठमाडौं छाडे
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित

काठमाडौं, बैशाख २७ / विभिन्न पेशा व्यवसाय गरी काठमाडौंमा बसोबास गरिरहेकाहरु स्थानीय तहको चुनावमा भोट हाल्न गाउँ जाने क्रम बढेका छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीकाअनुसार पछिल्लो पाँच दिनमा विभिन्न नाका हुँदै ३ लाख बढी नागरिक काठमाडौंबाट बाहिरिएका छन्।

जोशीले भने,‘यकिन तथ्याङ्क अहिले हामीसँग छैन, पछिल्लो पाँच दिनमा ३ लाख हाराहारीले काठमाडौं छाडेको अनुमान छ।’ उनका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार भन्दा बढीले काठमाडौं उपत्यका छाडेका छन्। आज पनि त्यतिनै संख्यामा मानिसहरु बाहिरिँदै छन्।

काठमाडौं बाहिरिने प्रमुख नाकाहरु कोटेश्वर, कलंकी, बल्खु लगायतका स्थानमा बिहान र बेलुकी यात्रुहरूको भीड लाग्ने गरेको छ। कतिपय स्थानबाट पार्टीका उम्मेदवार र राजनीतिक दलले समेत सवारी साधनको व्यवस्था गरेर मतदाता ओसार्न सुरु गरेका छन्। थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय