सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ४ प्रहरीसहित ६ जना घाइते
बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित

सुर्खेत, वैशाख २८। नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सुर्खेतमा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच गएराति झड्प भएको थियाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार नेकपा एमालेका दुई जना कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् ।

उनीहरुको अहिले नेपालगञ्जमा उपचार भइरहेको घर्तीले बताए । ‘प्रहरीले सम्झाई बुझाई गर्दा कांग्रेसका कार्यकर्ता व्याक भए । तर एमाले कार्यकर्ताले उल्टाे प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरे । जसका कारण चार प्रहरी सामान्य घाइते भएका छन्’ डीएसपी घर्तीले भने ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय