पैसा बाँडेको भन्दै बुटवलमा एमाले उम्मेदवारकी श्रीमती स्थानीयको कब्जामा
बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित

बुटवल, वैशाख २८ । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई माथि पैसा बाँडेको आरोप लागेको छ ।

वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई कब्जामा लिएका छन् ।

सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा थुनेर राखेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको छ । पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले सुकुम्बासी बस्तीमा नाराबाजी गरेका छन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर