बैशाख २९ /पूर्व प्रधानन्य" />
सुशीला कार्कीलगायत पर्यवेक्षक टोलीले मतदान केन्द्रको निरीक्षण
बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित

काठमाडौं, बैशाख २९ /पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ । पूर्वप्रधानन्यायाधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो ।

मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधानन्यायाधीश कार्कीले मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिइन् । उनले मतदान केन्द्रमा महिला र पुरुषहरूका लागि छुट्टै ठाउँ बनाएर मतदान गर्ने व्यवस्था मिलाएको पनि बताइन् । उनले मतदान स्थलमा पानी परेमा ओत लाग्ने गरी लाइनको व्यवस्था मिलाएर मतदान केन्द्रलाई व्यवस्थित बनाएको बताइन् ।

पर्यवेक्षक कार्कीले भनिन्, ‘सबै व्यवस्था राम्रो भएको छ । यहाँ महिला र पुरुषहरूका लागि छुट्टै मतदान गर्ने व्यवस्था मिलाएको रहेछ । राम्रो छ । सबै व्यवस्था आजसम्मका लागि मिलाएको छ । यसलाई निरन्तरता दिएर भोलि निर्धक्क, भयरहित भई निर्वाचन गर्न सक्ने विश्वास लिएकी छु ।’

स्थानीय तहको निर्वाचन भोलि (शुक्रवार) देशभर एकसाथ हुँदैछ । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बुधवार र बिहीबार मतदाता शिक्षा र मतदाता परिचय पत्र सम्बन्धित मतदान केन्द्रबाट वितरण गरिरहेको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय