गुलरियामा सात वडामा मतगणना हुँदा एमाले तीन र काँग्रेस चार वडामा विजयी
सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित

बर्दिया, जेठ २ (फरकसमाचार) / गुलरिया नगरपालिकामा सात वडाको मतगणना हँुदा एमाले तीन र नेपाली काँग्रेसले चार वडामा जित निकालेको छ । गुलरियामा १२ वटा वडा मध्ये सोमबार बिहान ६ बजेसम्म सात वटा वडाको मतगणनामा एमालेले तीन र काँग्रेसले चार वटा वडामा जित निकालेको हो । गुलरिया नगरपालिका–२,३ र ५ मा एमालेले जितेको छ भने वडा नम्बर १,४,६ र ७ मा वडा अध्यक्षमा नेपाली काँग्रेसले जितेको छ ।

गुलरिया नगरपालिका–१ मा काँग्रेसबाट वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । थारुले १ हजार ३ सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले १ हजार ३ सय ७३, दलित महिला सदस्यले ३ हजार १ सय २६, खुल्ला सदस्य(१)ले १ हजार २ सय ८६ र खुल्ला सदस्य (२)ले १ हजार २ सय ६४ मत प्राप्त गरी पुरै प्यानल विजयी भएको छ । वडा नम्बर १ मा ३ हजार ८८ मत खसेको थियो जसमा ९८ मत बदर भएको छ ।

गुलरिया नगरपालिका–२ मा एमालेबाट वडा अध्यक्षमा टंक प्रसाद अधिकारीको प्यानल विजयी भएको छ । अधिकारीले ८ सय ५२ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले ७ सय ८३, दलित महिला सदस्यले ७ सय ८९, खुल्ला सदस्य(१)ले ७ सय ८३ र खुल्ला सदस्य (२)ले ७ सय ४४ मत प्राप्त गरी पुरै प्यानल विजयी भएको छ । वडा नम्बर २ मा २ हजार ५ सय १० मत खसेको थियो जसमा ५७ मत बदर भएको छ ।

गुलरिया नगरपालिका–३ मा एमालेबाट वडा अध्यक्षमा सर्वजित यादव निर्वाचित भएका छन् । यादवले ७ सय ९७ मत प्राप्त गरी विजयी भएका हुन् । महिला सदस्यले ७ सय ७४, दलित महिला सदस्यले ७ सय ८५, खुल्ला सदस्य(१)ले ७ सय ६५ र खुल्ला सदस्य (२)ले ७ सय १९ मत प्राप्त गरी पुरै प्यानल विजयी भएको छ । वडा नम्बर ३ मा २ हजार ३ सय ९४ मत खसेको थियो जसमा १ सय १५ मत बदर भएको छ ।

गुलरिया नगरपालिका–४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा सुरेश गौतम निर्वाचित भएका छन् । निर्वाचित गौतमले १ हजार ४ सय ५३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । काँग्रेसबाट महिला सदस्यले १ हजार २ सय ३२ र दलित महिला सदस्यले १ हजार १ सय ८६ मत प्राप्त गरी निर्वाचित भएका छन् भने एमालेबाट खुल्ला सदस्य(१)ले १ हजार १ सय ३७ र खुल्ला सदस्य (२) ले १ हजार १ सय २५ मत प्राप्त गरी निर्वाचित भएका छन् । वडा नम्बर ४ मा ३ हजार ८ सय ९३ मत खसेको थियो जसमा ७६ मत बदर भएको छ ।

गुलरिया नगरपालिका–५ मा एमालेबाट वडा अध्यक्षमा मुमबहादुर मल्ल निर्वाचित भएका छन् । वडामा मल्लले ७ सय २४ मत प्राप्त गरी निर्वाचित भएका छन् । महिला सदस्यले ६ सय ८१, दलित महिला सदस्यले ६ सय ९५, खुल्ला सदस्य(१)ले ७ सय ५५ र खुल्ला सदस्य (२)ले ६ सय ७६ मत प्राप्त गरी वडामा नेपाली काँग्रेसबाट चार सदस्य विजयी भएका छन् । वडा नम्बर ५ मा २ हजार ३ सय मत खसेको थियो जसमा ४४ मत बदर भएको छ ।

गुलरिया नगरपालिका–६ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा सुधान्सु शर्मा विजयी भएका छन् । शर्माले ६ सय ६१ मत प्राप्त गरेर विजयी भएका छन् । महिला सदस्यले ५ सय २०, दलित महिला सदस्यले ५ सय ४१, खुल्ला सदस्य(१)ले ५ सय ५६ र खुल्ला सदस्य (२)ले ५ सय ९४ मत प्राप्त गरी नेपाली काँग्रेसबाट पुरै प्यानल विजयी भएको छ । वडा नम्बर ६ मा २ हजार ६० मत खसेको थियो जसमा ३७ मत बदर भएको छ ।

गुलरिया नगरपालिका–७ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा मनोज कुमार यादव विजयी भएका छन् । यादवले ६ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले ६ सय ३, दलित महिला सदस्यले ५ सय ९५, खुल्ला सदस्य(१)ले ५ सय ४० र खुल्ला सदस्य (२)ले ४ सय ९८ मत प्राप्त गरी नेपाली काँग्रेसबाट पुरै प्यानल विजयी भएको छ । वडा नम्बर ७ मा २ हजार २ सय ३६ मत खसेको थियो जसमा ७० मत बदर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय