जेठ ४/नेपाल कम्युनिष्ट पा" />
भूमिको खन्डिकरण तत्काल रोक्न झलनाथ खनालको आग्रह
बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित

काठमाडौं,जेठ ४/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले हालको खन्डिकृत भूमी नीतिलाई बजेटले तत्काल रोक्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको दुबै सदनमा जारी बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताकामाथिको छलफलमा बोल्दै नेता खनालले भुमी सुधार नीति विना कृषिको सुधार हुनै नसक्ने बताए ।

अहिले पनि कुल जनसंख्याको करिब ७० प्रतिशत जनसंख्या कृषिमै निर्भर भइरहेको अवस्थामा वास्तविक कृषकको हातमा भुमि नभएको भएका भूमिको पनि स्वामित्व नभएको उनको भनाइ छ ।

यसका लागि सरकारले विशेष ध्यान दिनु पर्ने उनले बताए । भुमिहिन सुकुम्बासीलाई भुमी व्यवस्था गर्नुपर्ने र टुक्रा टुक्रा जग्गालाई सामुहिक खेतिको रुपमा विकास गरिनुपर्ने उनले बताए । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय