जेठ ५ /नागरिकता विधेयकका स" />
प्रचण्ड भेट्न गृहमन्त्रीसहितको टोली खुमलटारमा
बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित

काठमाडौं,जेठ ५ /नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ ले भेटवार्ता गरेका छन् ।

ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा आज बिहान भएको भेटमा समसामयिक राजनीतिक विषय, सङ्घीय संसद् सञ्चालन र सरकारले संसद्मा पेस गर्न लागेको विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरू बीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि छलफल भएको छ । यसअघि पनि गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका थिए ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन् । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर