कार्यालय प्रमुखलाई मितव्ययितता अपनाउँन प्रजिअ बास्तोलाको निर्देशन
शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित

बर्दिया, जेठ ५ / स्थानीयतहको निर्वाचन सम्पन्न भएलगत्तै जिल्ला प्रशासन कार्यालयमा डाकिएको पहिलो कार्यालय प्रमुखको बैठकमा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले मितव्ययीता अपानाउँन निर्देशन दिएका छन् ।
सरकारी साधनको दुरुपयोग नियन्त्रण गरी ईन्धन वचत गर्न, संसोधित कार्यालय समयलाई कर्मचारीले तदारुकता साथ पालना गर्न समेत कार्यालय प्रमुखको बैठकमा निर्णय भएको छ ।

बैठकमा बढदो मंहगी नियन्त्रण र उपभोग्य वस्तुको गुणस्तरयितता कायम गर्न अनुगमनलाई प्राथामिकताका साथ अघि बढाउँन उक्त बैठकमा क्रमस निर्णय भएको छ । नव निर्वाचित जनप्रतिनिधि जिम्मेवारी सम्हाल्ने अवस्थामा कर्मचारीले सेवाग्राहीमुखी वातारवरणमा सरकारी कार्यालयले दिने सेवाको बिषयहरुलाई प्रथामिकतामा राखी पालना गर्न कार्यालय प्रमुखलाई प्रजिअ वास्तोलाले निर्देशन दिएका छन् । उनले वेरुजु फस्र्यौट गर्न कार्यालय प्रमुख समक्ष निर्देशन दिएका छन् ।

संसोसिध बिदाको समयमा सरकारी साधन दुरुपयोग रोकि इन्धन वचत गर्न कार्यालय बैठकमा निर्णय भएको प्रजिअ वास्तोलाले बताए । ‘सरकारले कार्यालय समय र विदाको समय संसोधन गरेको छ’उनले भने,‘ संसोधित कार्यालय समयमा कर्मचारीले तदारुकता देखाउँन र ईन्धन वचत गर्न बैठकमा निर्णय भएको छ ।’ जिल्ला प्रशासन कार्यालयमा बिहिबार आयोजित कार्यालयको प्रमुखको बैठकमा कर्मचारीलाई सरकारी सम्पति दुरुपयोग रोकि मितव्ययिता अपनाउँन प्रजिअ वास्तोलाले आग्रह गरेका छन् ।

बर्खाको समय नजिकिएसँगै कार्यालय प्रमुखको बैठकमा दैविक प्रकोप बाढी,आगजनिबाट हुने हानी र नोक्सानी न्यूनिकरण गर्न थप सजगता अपनाउँनका लागि बैठकमा छलफल भएको छ । कार्यालय प्रमुखको बैठकमा महत्वपुर्ण विषयमा निर्णय भएको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्ण प्रसाद गुरुङले बताए । संसोधित बिदाको समय र थप भएको कार्यालय समय पालनाको विषयमा प्रजिअ वास्तोलाले दिएको निर्देशन सकारात्मक रुपमा लिएको उनको भनाई छ । स्रोत नागरिक न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय