जेठ ६ / नेपाली काँग्रेस" />
अर्थमन्त्री शर्मा​लाई उद्योगमन्त्री भइदिन गगन थापाको आग्रह
शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित

काठमाडौं, जेठ ६ / नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्मालाई यसपटक बजेट निर्माणको सवालमा अर्थमन्त्री नभएर उद्योगमन्त्री भइदिन आग्रह गरेका छन् । तीब्र आयातले मुलुक निकै कठिन अवस्थामा पुगेको जिकिर गर्दै नेता थापाले  अब नेपालले उद्योग, कलकारखाना तथा उत्पादनलाई विशेष प्राथमिकता दिँदै निर्यातलाई ध्यान दिनुपर्ने बेला भएको बताए ।

वि.स २०४९ देखि ५१ नै नेपालको औद्योगिक विकासको एैतिहासिक वर्ष भएको बताउँदै थापाले सोही समयको केही न केही प्रतिफल अहिले पनि मुलुकले खाइरहेको बताए । तर पछिल्लो समय यस्तो उत्पादनमुखि कुनै योजनाहरु कलकारखानाहरूको विकास एवम् विस्तार नभएको उनले बताए ।

‘अहिले नेपाल मान्छे बेचेर मालसामान किन्ने देश जस्तो भएको छ । संसारमा एक सय रुपैयाँको मालसामान किन्दा हामी मुस्किलले ९ रुपैयाँ बराबरको मात्र निर्यात गर्न सकिरहेको छौ । अब निर्यातको वस्तुहरुको खोजि गर्ने बेला आएको छ ।

त्यतातिर ध्यान दिउँ’ थापाले भने । सोही अवसरमा थापाले उत्पादन, निर्यात निर्यात मात्र भनिरहेको तर आयातमा समेत चोरि पैठारीका कारण सोचे अनुरुपको कर संकलन हुन नसकेको उनले बताए । अहिले पनि लत्ताकपडा लगायतका फेन्सी आइटममा कुल आयातको ९० प्रतिशत भन्दा बढी भन्सार छलेर आउने गरेको उनले बताए । यसलाई रोके मात्र पनि धेरै सुधार आउने उनले बताए । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय