गुलरियाका निर्वाचित जनप्रतिनिधीले लिए सपथ
शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित

बर्दिया, जेठ ७ (फरकसमाचार)/ गुलरिया नगरपालिकाका निर्वाचित जनप्रतिनिधीले सपथ लिएका छन् । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीले शुक्रबार गोपनीयताको सपथ लिएका हुन् । नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले सपथ लिएसंगै शुक्रबार देखि आ–आफ्नो पदको जिम्मेवारी सम्हालेका छन् ।

गुलरिया नगरपालिकाका निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई नगर प्रमुख मुक्तिनाथ यादवले सपथ ग्रहण गराएका छन् । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले निर्वाचित सम्पुर्ण जनप्रतिनिधिलाई मिलेर काम गर्न आग्रह गरे । गुलरिया नगरको विकास गर्न सबै जनप्रतिनिधिहरु एक ढिक्का भएर विकासको काममा लाग्नु पर्ने नगर प्रमुख यादवले बताए ।

‘विभिन्न पार्टीबाट हामी निर्वाचित भएर आएका छौं’ नगर प्रमुख यादवले भने,‘हिजो चुवानको मैदानमा हामीले पार्टीगत धारणा बोकेपनि अब हामीले त्यस धारणा छोडेर नगर विकासको काममा एकबद्धता जनाउनुपर्छ ।’ नगर विकासको काममा जनप्रतिनिधि र कर्मचारीको अहम भुमिका रहेको सुनाए । नगरपालिकामा आएका सेवाग्राहीलाई दुरुस्त रुपमा सेवा प्रर्वाह गर्नसमेत नगर प्रमुख यादवले आग्रह गरे ।

गुलरिया नगरपालिकाका नगर प्रमुखसंग ५ वर्षको अनुभव रहेकोले काम गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । विपद व्यवस्थापन, सेवा प्रर्वाह र प्राकृतिक स्रोत साधनको उपयोगलगायतका काममा नगर प्रमुखसंग समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरे । जिल्लाको विकास निर्माणको कार्यमा जनप्रतिनिधिको साथमा रहने प्रजिअ बास्तालाले धारण राखे ।

जिल्लाका आठ वटै पालिकाका निर्वाचित प्रमुखलाई शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत तथा जिल्ला न्यायाधीश लोक जंग शाहले गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

निर्वाचित जनप्रतिनिधिलाई गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटालगायत सम्पुर्ण कर्मचारीले स्वागत तथा सुखद कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नगरवासीको हकहितका लागि जनप्रतिनिधिसंग समन्वयन गरी सेवा प्रर्वाह गर्ने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले सपथ ग्रहण कार्यक्रममा भनाई राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय