‘लालकिल्ला’ बर्दियामा किन भयो काँग्रेसको वर्चस्व
आइतबार, जेठ ०८, २०७९ मा प्रकाशित

बर्दिया,जेठ ८ / २०७४ स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा बर्दिया जिल्ला ‘लालकिल्ला’ मय भयो । तीन–तीन पालिका माओवादी र एमाले जित्यो भने दुई वटा पालिकामा काँग्रेस सिमित भएको थियो ।

प्रदेशको चुनावमा माओवादी (दुई), एमाले(दुई) र काँग्रेस (०) भयो । २०७४ मा भएको संघको चुनावमा तत्कालिन एमालेका बरिष्ठ नेता बामदेव गौतमलाई नेपाली काँग्रेसका संजय गौतमले संघमा हराएपछि स्थानीय तहमा काँग्रेस पकड बलियो भएको स्थानीय तह निर्वाचनको रिजल्टले पुष्टि गरेको छ । अघिल्लो संघको चुनावमा दुई वटा क्षेत्र माओवादीले जितेको थियो ।

तर, भर्खर सम्पन्न निर्वाचनमा ८ वटा स्थानीय तहमा काँग्रेसले पाँच वटा स्थानीयतह कब्जा गरेको छ । माओवादीको आधार इलाका बारबर्दिया काँग्रेसका छबिलाल थारुले फराकिलो मतले नगर प्रमुखमा जितेका छन् भने वडामा काँग्रेसको बहुमत छ । गुलरिया नगरपालिकामा मुक्तिनाथ यादवले एमालेका अंमर खड्कालाई १ सय ७८ मतको मतान्तरले नगर प्रमुखमा पछि पारेका छन् । बिगत देखि कम्यूनिष्टको गढ भनेर चिनिने ठाकुरबाबा नगरपालिकामा माओवादीका नेत्र प्रसाद आचार्यलाई पछि पार्दै नेपाली काँग्रेसका उम्मेदवार निर्माण व्यबसायी तिलक लम्साल विजयी भए ।

पैसा खर्च गर्न सक्ने निर्माण व्यबसायी लम्साललाई नेपाली काँग्रेसका सह महामन्त्री किशोरसिंह राठोरका प्रिय पात्र भएकै कारण टिकट पाएको चर्चा कार्यकर्ताले गरेका छन् । ठाकुरबाबा नगरपालिकामा निर्माण व्यबसायी लम्सालको जितपछि आलोचक चुपलाग्न बाध्य भएका छन् । ठाकुरबाबा नगरपालिकामा काँग्रेसको एतिहासिक जित निकाल्न निर्माण व्यबसायी लम्साल सफल भए । नेपाली काँग्रेसले गेरुवा, राजापुर, ठाकुरबाबा, मधुवन र गुलरियामा नगरपालिकामा जितेको छ ।

माओवादीका हारमा नेताको हस्तक्षेप

द्धन्द्धकाल देखि पार्टीमा योगदान गरेका माओवादीका नेता मध्यमा पर्छन–बर्दिया ईन्चार्ज शन्त कुमार थारु, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारु, लुम्बिनी प्रदेश सदस्य तिलक शर्मा र जिल्ला अध्यक्ष भुवन थारु माओवादीमा पाका उम्मेदवारका हस्तक्षेप हुँदा माओवादीका युवा नेताको उदय हुन नसकेको चर्चा यतिबेला भईरहेको छ ।

बर्दिया ईन्चार्ज थारु क्षेत्रनं २ मा तीन पटक जितेर मन्त्री भईसकेका छन् । शर्मा लुम्बिनी प्रदेशका मन्त्री हुन । लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बारबर्दियाका निर्वतमान नगर प्रमुख दुर्गा बहादुर थारु लगायत माओबादीबाट पटक पटक पार्टीको नेतृत्व र सत्ताको पदमा पटक पटक अवसर पाएका समुह भनेर चिनिन्छन् । भर्खरै स्थानीय तहमा उम्मेदवार उठाउँन चलखेल गरेका कारण हरेक पालिकामा माओवादीका बागी उमेदवारका कारण माओवादीको ‘लालकिल्ला’ भत्कदै गएको प्रति आम कार्यकर्ता चिन्तित छन् ।

माओवादीको आधार ईलाका बारबर्दिया, मधुवन, बाँसगढी नगरपालिकामा आफ्नो वर्चस्व गुम्ने त्रासले नयाँलाई नेतृत्व नदिदा हार व्यहोरेको माओवादी भित्र चर्चा छ । बारबर्दिया नेतृत्व सहित वडामा भारीमतले काँग्रेसका विजय माओवादीको ‘लालकिल्ला’ भत्काउँन सफल भयो । द्धन्द्धकाल देखि राजापुर क्षेत्र माओवादीको आधार क्षेत्र भनेर चिनिन्छ । राजापुर नगरपालिकामा प्रदेश सांसद राजानामा दिएर चुनाव लडेको माओवादीका दिपेश थारुले झिनो (४७) मतले दिपक जंग शाहलाई पछि पारेका छन् । मधुवनमा द्धन्द्धकालमा आर्थिक संकलन गर्ने नेता लक्ष्मी प्रसाद शर्मालाई माओवादीले उम्मेदवार बनाएपछि नेपाली काँग्रेसका तेजु भाटले आठ सय मतान्तर चुनाव जितेको कार्यकर्ता बताउँछन् ।

एमाले नेतामा फुटको असर

एमालेले एक पालिका मात्र जितेको छ । एमालेको हारमा फुट र गुटको असर देखियो । तर,गुलरियामा एमाले अमर खड्काको नेतृत्व गत बर्ष भन्दा प्रगति गरेको रेर्कडले पुष्टि गर्छ । खड्कालाई नेतृत्व दिएपनि वडामा एमालेका नेता लक्ष्मण ज्ञवाली र प्रदेश सचिव लिला रानाले गुटगत वडा र उपमेयरको उमेदवार चयन गरिदिँदा हार व्यहोर्न परेको एमाले कार्यकर्ताको दाबी गर्छन । एमालेको वर्चस्व रहेको फुट र नेता विच गुट हुदा नराम्रो पराजय भोगेको छ । बढैयातालमा एमालेका बर्दियाका ईन्चार्ज लाल बहादुर श्रेष्ठलाई एमाले भित्र अन्तरघात भएको कार्यकर्ता वताउँछन् ।

२०७४ चुनावमा एमालेका ईन्चार्ज श्रेष्ठले भारी मतले माओवादीलाई पछि पारेर जित निकालेका थिए । एमालेका बरिष्ठ नेता बामदेव हारेको क्षेत्रमा पर्ने बढैयाताल गाउँपालिकामा एमाले भित्र अन्तरघातको शिकार श्रेष्ठ भएको खुलेको छ । गत स्थानीय तह चुनावमा ठाकुरबाबा नगरपालिकामा एमालेका घन नारायण श्रेष्ठले जितेको पालिका हो । एमालेको नेतृत्वमा पहुँचमा रहेका निर्वतमान नगर प्रमुख श्रेष्ठले जवरजस्त तरिकाले पुनः श्रेष्ठ नगर प्रमुखको उमेदवार बन्दा एमालेको गढ भत्केको हो । आफ्नो कार्यकालमा उत्कृष्ट काम नगरेकै श्रेष्ठ प्रति आम नगरबासीको असन्तुष्टि रहेको थियो ।

एमालेले उम्मेदवार नदोहोराएर खड्क बहादुर खड्कालाई बाँसगढी नगरपालिकाको नगर प्रमुख उमेदवार दिएका कारण एक मात्र सिट सुरक्षित भएको स्वयम कार्यकर्ता स्वीकार्छन । एमालेका बाट बासगढीमा जितेका खड्कालाई संघको निर्वाचनमा बामदेव गौतमलाई हराएको आरोप छ । लालबहादुर श्रेष्ठलाई एक हजार बढि मतले पछिपार्दै माओवादीका हिमालय त्रिपाठी चुनाव जितेका छन् । त्रिपाठी व्यापारिक पृष्ठ भुमिका भएकाले माओवादी टिकट दिएको चर्चा थियो । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय