सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या
आइतबार, जेठ ०८, २०७९ मा प्रकाशित

काठमाडौं, जेठ ८। सिरहामा बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभास बुढाथोकीले बताए । डिएसपी बुढाथोकीका अनुसार मृतकको बाबु-छोराको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ ।

सन्त कुमारको जेठ ११ मा विवाह हुन लागेकोले घरमा अबेर रातीसम्म विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेको थियो ।

विवाह गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु-छोराको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुवा एकलै सुतेको र सन्त कुमारसँग गाउँकै १०-१२ बर्षको बालकसँग सुतेका थिए। हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएका थिए ।

सन्त कुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका थिए । घटनास्थललाई प्रहरीले सिल गरेको छ भने थप अनुसन्धान गर्न कुकुर समेत प्रयोग भइरहेको डिएसपी बुढाथोकीले बताए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय