जेठ ८ / गृहमन्त्री बालकृष्" />
गृहमन्त्री खाण र अमेरिकी उपमन्त्रीबीच भेटवार्ता
आइतबार, जेठ ०८, २०७९ मा प्रकाशित

काठमाडौं, जेठ ८ / गृहमन्त्री बालकृष्ण खाण र  अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल र अमेरिकाबीच दैत्य सम्बन्ध स्थापनाको ७५ औँ वर्ष र विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएका छ । गृहमन्त्री खाणले भूकम्पपछिको पुनः निर्माण र कोभिडविरुद्धको लडाईमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद दिएका छन् ।

भेटमा गृहमन्त्री खाणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको बताएका छन् । त्यस्तै नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगलाई धन्यवाद खाणले धन्यवाद दिएका छन् । मन्त्री खाणले उपमन्त्री जियालाई लुम्बिनी भ्रमण गर्न अनुरोध गरेका छन् । जियाले आफू लुम्बिनी भ्रमणका लागि उत्सुक रहेको र अर्को पटकको भ्रमणमा लुम्बिनी भ्रमणको कार्यसूचीमा राख्ने बताइन् ।

अमेरिकी सहयोग नियोग (एमसीसी) संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएकोमा अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद दिएकी छिन् । अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरिने जियाको भनाइ छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय