जेठ ८ / सौन्दर्य प्रतियोगि" />
मनोज पाण्डेले ‘बलात्कार प्रयास’ गरेको भन्दै दुई पिडित प्रहरीको सम्पर्कमा
आइतबार, जेठ ०८, २०७९ मा प्रकाशित

काठमाडौं,जेठ ८ / सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेले बलात्कार प्रयास गरेको भन्दै दुईजना महिला प्रहरीको सम्पर्कमा पुगेका छन् ।  भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए ।

प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा आफूलाई पाण्डेले बलात्कार गरेको भन्दै एकजना पिडित युवतीले सामाजिक संजालमा भिडीयोमार्फत आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । आइतबार थप दुईजना पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गरेर आफूपनि पाण्डेबाट पिडित भएको बताएका छन् । अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतका अनुसार पछि सम्पर्कमा आएका दुईजना पीडितले पाण्डेले उनीहरुलाई ‘बलात्कार प्रयास’  गरेको दावी गरेका छन् ।

टिकटक युजर आईडी ‘सुशिखान जाने हो’बाट गत बुधवार साँझ पिडित युवतीले आफू मोडल एजेन्सी संचालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरेकी थिइन् । सो भिडियो सार्वजनिक भएपछि सामाजिक संजालमा उनलाई पक्राउ गर्न तिब्र दवाव बढेको थियो । संघिय संसदमा पनि यसबारे आवाज उठेपछि शनिवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई स्वयम्भूबाट पक्रेर अनुसन्धान शुरु गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए । उनले भने–‘विभिन्न कोणबाट अनुसन्धान अघि बढाएका छौं ।’रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय