नेताहरुलाई सम्मान थाप्न भ्याई नभ्याई
मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित

बर्दिया, जेठ १० (फरकसमाचार) / बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान थाप्न भ्याई नभ्याई भएको छ । नेताहरु निर्वाचित भएको एक साता बित्न लाग्दा पनि सामाजिक संजालमा सम्मानको ओईरो लागेको हो । निर्वाचित नेताहरु वडा र पालिकाका नागरिकलाई भेटघाट गरिरहेको अवस्था अझै कायमै छ । नवनिर्वाचित नेताहरु आफ्नो विभिन्न तह र तप्का नेता तथा कार्यकर्तालाई भेटघाट तथा सम्मान थाप्न अस्तव्यस्त बनेका छन् ।

‘चुनावमा विजयी भएपछि हात जोड्दै गाउँमा मुख देखाउन त आएका छन्’ एक स्थानीयले भने,‘निर्वाचन अघि जारी गरेका घोषणा पत्र अनुसार काम ठिक हुने थियो ।’ चुनाव आउँदा अनेक किसिमका काम गर्ने जनतालाई आश्वासन दिने गर्छन । तर जितेर गएपछि त्यस अनुसार काम नगर्ने उनको भनाई छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा सफल कार्यकालको बधाईले सामाजिक संजाल फेसबुक वाल रंगिएको छ । चुनाव अघि वास्ता नराख्ने व्यक्तिहरुपनि चुनावमा निर्वाचित भएकालाई मनभित्रबाट नभएपनि आफन्तको ट्याग भिराई सामाजिक संजालमा बधाई दिने क्रम रोकिएको छैन । ‘एक हप्ता देखि फेसबुक अन गर्ने बित्तिकै निर्वाचित भएका नेताहरुलाई बधाई दिएको पोष्ट मात्र देखिन्छ’ एक स्थानीयले भने,‘सामाजिक संजाल फेसबुक पेज बधाई तथा शुभकामना दिने माध्यम बनेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर