पेट्रोलियमको मूल्यवृद्धिबारे संसदमा छलफल गर्न एमाले र राप्रपाका सांसदको माग
मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित

काठमाडौं, जेठ १०/ सांसदहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा छलफलका लागि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

एमालेका प्रमुख सचेतक समेत रहेका विशाल भट्टराईको प्रस्तावमा राप्रपाका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनसहित यज्ञराज सुनुवार र गणेशकुमार पहाडी समर्थक छन्।

सांसदहरूले १० दिनमा दुई पटक मूल्यवृद्धि गरेकोमा विरोध जनाएका छन्।

‘पेट्रोलियम पदार्थको मूल्य स्वचालिक मूल्य निर्धारण कार्यविधिअनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य बमोजिम १५ दिनमा एक पटक समायोजन गर्न सक्ने प्रावधानविरूद्ध गएर गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न’ प्रस्तावमार्फत् सरकारसँग माग गरिएको छ।

‘मूल्यवृद्धिका कारण हुँदा खाने वर्गको जनजीवन सहज बनाउन सरकारले के कस्तो योजना लिएको छ’, प्रस्तावमा सरकारलाई सोधिएको छ, ‘सरकारले अब मूल्यवृद्धि नगर्नका लागि के कस्तो पहल लिएको छ।’

सार्वजनिक महत्वको प्रस्तावमा प्रतिनिधि सभामा छलफल भएपछि सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्छ। पेट्रोलिमय पदार्थको आयातको विषय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्दछ। सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय