बाख्रा चराउन गएकी महिलालाई बाघले खायो
बुधबार, जेठ ११, २०७९ मा प्रकाशित

बर्दिया, जेठ ११ (फरकसमाचार) / बाख्रा चराउन गएकी एक महिलालाई बाघले खाएको छ । मधुवन नगरपालिकान –२ स्थित जनजागृति सामुदायिक वनमा मंगलबार बाख्रा चराउने क्रममा महिलालाई बाघले आक्रमण गरेको हो ।

मधुवन नगरपालिका कोठिया गाउँकी ४७ वर्षिय कौशिला पाललाई बाघले आक्रमण गरी मारेको छ । खाता जैविक मार्ग र निकुञ्ज क्षेत्रमा बाघको आक्रमण रोकिएको छैन ।

वन जंगलमा प्रवेश नगर्न निकुञ्ज प्रशासन तथा डिभिजन वन कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर