बर्दियामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु
बुधबार, जेठ ११, २०७९ मा प्रकाशित

बर्दिया,जेठ ११ (फरकसमाचार) / मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटना हुँदा बाँसगढी नगरपालिका–२ मदाहाका २५ वर्षिय आशिस चौधरीको बुधबार मृत्यु भएको हो ।

मधुवन नगरपालिका–४ मख्खन चोक स्थित हुलाकी सडक खण्डमा ढोढरीदेखि भुरीगाउँ तर्फ जादै गरेको लु ६२ प ४७३९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दिउँसो ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल अनियन्त्रित भई सडक किनारमा रहेको पिलरमा ठोक्किदाँ चौधरी गम्भिर घाईते भएका थिए । घाईते चौधरीलाई उपचारको लागि भेरी अस्पताल नेपालगंज पु¥याईएको र उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय