काँग्रेस र एमालेको कारवाही प्रबृत्रि : ठूलालाई बचाउँ गर्न कार्यकर्तालाई कारबाही
बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित

बर्दिया, जेठ १२ / स्थानीय तहको चुनावमा अन्तरघात गरेको नाममा साना कार्यकर्तालाई कारबाही गरेर ठूला नेतालाई बचाउँ गरेको पाईएको छ । नेपाली काँग्रेसले बुधवार जारी गरेको प्रेस विज्ञप्तीमा ८ जना नाम उल्लेख गरेको नामावलीमा ठूलालाई वचाउँ गरेर सामान्य कार्यकर्तालाई कारबाही गरेको पाईएको हो । नेपाली काँग्रेस सह–महामन्त्री किशोर सिंह राठोर, केन्द्रिय सदस्य संजय गौतम, जिल्लाको अनुशासन समितिका अध्यक्ष जग्गा प्रसाद पाण्डे, निवर्तमान केन्द्रिय सदस्य मंगल थारु, जिल्ला कमिटि सचिव जिवन मल्ल जस्ता काँग्रेसका हस्ती रहेका वडा हारेकाले सामान्य कार्यकर्तालाई कारबाही गरेको भन्दै कांग्रेस कार्यकर्ता असुन्तुष्ट छन् ।

राजापुर नगरपालिका–६ का नेपाली काँग्रेस सह–महामन्त्री राठोरको वडा र नगरपालिका दुबै हारेको छ । सह–महामन्त्री राठोर बसोबास गर्ने वडा नै निर्णायक मत भएको काँग्रेसको आँकलन थियो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गौतमको गुलरिया नगरपालिका वडा नं. ५ यस पटक गुमाएको छ । यस्तै गरि पूर्व केन्द्रिय सदस्य मंगल थारु र गुलरिया नगरपालिकाबाट निर्वाचित मुक्तिनाथ यादवको वडामासमेत कांग्रेस हारेको छ । जिल्लाको अनुशासन समितिका अध्यक्ष पाण्डेको वडामा काग्रेसबाट बागी उम्मेदवार उठँदा स्वतन्त्रले जितेको छ । नेपाली काग्रेस कार्यकर्ता नारायण मल्ल स्वतन्त्रबाट उठेर मधुवन–३ को वडामा जितेका छन् ।

मधुवन नगरपालिका वडानं. ६ मा जिल्ला कमिटि सचिव मल्लको वडामा समेत काग्रेस हारेको छ । कारबाही लिस्टमा परेका नेपाली काग्रेसका नेता भोजराज जोशी, नेबिसंघका अध्यक्ष शोभाकान्त पौडेलमा वडा र नगर दुबै जितेको छ । अर्का कारबाहीमा परेका गुलरिया नगरपालिका वडा नं १ वस्ने नगर सभापति ईन्द्र कुमार यादवको वडामा नगर प्रमुख यादवले अधिकतम मत ल्याएर नगर प्रमुख यादवले जितेका छन् भने वडामा एमालेलाई ६ सय ८८ मतान्ततरले नेपाली काग्रेस बिजयी भएको छ । यस्तै गरी नेपाली काग्रेसका केन्द्रिय सदस्य महेन्द्र शर्माको समेत वडामा काग्रेसको हार भएको छ ।

काग्रेसले कारबाहीको गरेको कार्यकर्ताको तथ्य हेर्दा प्यानल र गुट हाबी भई कारबाही भएको देखिन्छ । नेपाली काँग्रेसले बढैयाताल गाउँपालिका, ठाकुरबाबा, राजापुर, र गुलरिया नगरपालिकाका ८ जनालाई पार्टीबाट निलम्बन गरेको छ । राजापुर नगरपालिकाबाट भोजराज जोशी र रमन कुमार रेग्मीलाई कारवाही गरेको हो । कारबाहीमा परेका भोजराज जोशीले चुनाव अघिनै तीन सय जनाले पार्टी कार्यालयमा राजिनामा बुझाएको सामाजिक संजालमा सार्वजनिक गरेका छन् । नेता जोशीले आफ्नो वडा काग्रेसलाई जिताएको दाबी गरेका छन् ।

ठाकुरबाबा नगरपालिकाबाट मक्कुराम थारु र पर्ना थारुलाई पार्टीबाट निलम्बन गरेको छ । तर, कारबाही परेका थारु द्धयको ठाकुरबाबा नगरपालिका काग्रेसले जितेको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भए लगत्तै कार्यकर्तालाई आरोप लगाउँदै आफ्नै कार्यकर्तालाई कारवाही गर्न नेकपा एमाले र नेपाली काँग्रेस बिच होडबाजी चलेको छ । तर कार्यकर्तालाई कारबाही गरेर नेता चोखिने पक्षमा देखिन्छन् । यस अघि एमालेले जितेको गुलरिया नगरपालिका वडा नं. १ मा उपमेयरकि उम्मेदवार टिका शम्सेलि र वडा अध्यक्ष रामसोहन यादव उम्मेदवार रहेको वडामा नेपाली काग्रेसले ६ सय ८८ मतले एमालेलाई पराजित गरेको छ ।

एमालेका नेता लक्ष्मण ज्ञवालीको सिफारिसमा उपमेयर शम्शेलि र अध्यक्ष यादवले टिकट पाएको कार्यकर्ता बताउँछन् । पराजित भएका एमालेका नगर प्रमुखको उम्मेदवार अंमर खड्काले आफ्नो वडामा तथा गुलरिया नगरपालिका ६ मा बढि मत ल्याएपनि वडा अध्यक्ष उम्मेदवार हारेका छन् । नेपाली काग्रेस नव प्रबेशी निरज शर्मालाई अध्यक्ष उम्मेदवार बनाउँदा आफ्नो वडा अध्यक्ष कम मत पाएको खड्का तर्क गर्छन ।

बढैयताल गाउँपालिका निर्वतमान अध्यक्ष तथा जिल्ला अध्यक्ष लाल बहादुर श्रेष्ठ वडामा एमालेले जिते पनि गाउँपालिामा अध्यक्ष श्रेष्ठले हार व्यहारे । एमालेले गुलरिया नगरपालिकाका १४ र बारबर्दिया नगरपालिकाका ४ जना गरी १८ जनालाई पार्टीबाट निष्काशन, निलम्बन तथा स्पष्टीकरण सोध्ने गरी कारवाही गरेको छ ।

बैशाख ३० गतेको स्थानीयतहको निर्वाचनमा आफ्नै पार्टीका आधिकारीक उम्मेदवारको विरुद्धमा मतदाता समक्ष भ्रमसिर्जना गरी प्रचार गरेको, चुनाबमा पार्टीलाई अन्तरघात गरेको, आफ्नो पार्टीका उम्मेदवारलाई हराउन र विपक्षी पार्टीका उम्मेदवारलाई जिताउँन प्रचार गरी पार्टीको गरिमामा आँच पु¥याएको आरोपमा कारवाही गरेको नेपाली काग्रेसका अनुशासन समितिका अध्यक्ष पाण्डेले जानकारी दिए ।
एमाले जिल्ला कमिटी बर्दियाले गुलरिया नगरपालिका–७ का धनेश कुमार यादवलाई नगर कमिटी इन्चार्ज पदबाट हटाई निलम्बन गरेको प्रक्रिया गलत भएको कारबाहीमा परेको यादवको भनाई छ ।

‘बिधि प्रक्रिया मिचेर गरेको कारबाहीको औचित्य छैन,’एमाले नेता यादवले भने,‘जसले आफ्नो वडामा एमालेलाई ऐतिहासिक मत पाएको छ, मलाई कारबाही गर्ने ।’ एमालेले सदरमुकाम गुरियाको नगर कमिटीका सह–इन्चार्ज गुलरिया नगरपालिका–४ का रामबहादुर रावललाई, नगरपालिका–५ का नगेन्द्र रिमाल, गुलरिया नगरपालिका–४ का प्रकाश पौडल, गुरपालिका–५ की पुनकला श्रीवास्तवलाई विभागीय जिम्मेवारीबाट एमालले हटाएको छ । यस्तैगरी एमालेले जिल्लामा ३० बढि नेता र कार्यकर्तालाई कारबाही गरेको छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय